दोलखालाई ट्रान्जिट बनाएर करिब ३३ किलो सुन तस्करी भएको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १२:५०:२७
३ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट ६१ केजी सुन समातिएपछि तस्करहरूले दोलखालाई सुन तस्करीको ट्रान्जिट बनाएको प्रहरीको अनुमान छ । दोलखा जिल्लाबाट बरामद भएको सुन र तस्करहरूको अवस्थाबारे प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउन लागेको छ । यो प्रतिवेदन जिल्ला प्रहरी कार्यालय दोलखाको सहयोगमा बुझाउन लागिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सोमबारभित्र सुन तस्करीमा संलग्न १५ जनाविरुद्ध संगठित अपराध, भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐनअनुसार क्रिप्टो कारोबारको कसुर चल्ने गरी प्रतिवेदन बुझाउन लागेको हो । प्रहरीले यस प्रकरणमा २६ जना संलग्न भएको भेट्टाए पनि अहिलेसम्म १५ जनालाई पक्राउ गरेको छ । दोलखालाई ट्रान्जिट बनाएर करिब ३३ केजी सुन तस्करी भएको प्रहरीको अनुमान छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दोलखाको लामाबगर क्षेत्र हुँदै चिनियाँ समूहले ३३ किलो सुन नेपालमा तस्करी गरेको निष्कर्ष प्रहरीको छ । यस अनुसार प्रतिवेदन बनाउने काम भएको छ । सम्भवतः आइतबार वा सोमबारसम्म सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइने छ । तस्करी भएको ३३ किलोमध्ये साढे ११ किलो दोलखा प्रहरीले बरामद गरेको छ ।
करिब ६० दिन लामो अनुसन्धानमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो । पक्राउ परेकामाथि संगठित अपराध, भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐनअनुसार क्रिप्टो कारोबारको कसुर चल्ने भएको छ । प्रहरीले वनसम्बन्धी मुद्दाबारे पनि छलफल चलाएको छ । सुन तस्करीमा संलग्न चिनियाँले नेपालबाट चीनमा कस्तुरीको बिना तथा यार्साको तस्करी गरेको खुलेको छ । तर, बरामद हुन नसकेकाले मुद्दा चलाउने-नचलाउने टुंगो नलागेको बताइएको छ ।
दोलखा प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को सहयोगमा तस्करी गर्ने समूहमाथि विस्तृत अनुसन्धान गरेको हो । असोजको पहिलो साता दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । उनीहरूले तीन केजी सुन बिक्री गरेका सुन पसले पक्राउ परेका छन् । बाँकी १९ केजी एक तिब्बती मूलका भारतीयलाई बिक्री गरेको थाहा भएको प्रहरीको भनाइ छ ।
गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ भएको प्रहरीको भनाइ छ । आगरका भाइबुहारी ल्हासामा रहेको र उनीहरूले नै नेपालमा सुन तस्करी गराउँदै आएको प्रहरीको भनाइ छ । दोलखाको बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बु छिरिङ शेर्पा र सुनमाला तामाङले पनि सघाएका थिए । तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक बिक पनि पक्राउ परिसकेका छन् । त्यस्तै, क्रिप्टो कारोबार तथा सुन बिक्रीमा संलग्न महिला माझी र सनत प्रधानको संलग्नता खुलेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
चिनियाँलाई सघाउने लालबहादुर तामाङ, पेम्बा तामाङ, च्यांबा भनिने चसमान तामाङ, केशर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने पनि प्रहरी हिरासतमा छन् । पक्राउ परेकामध्ये एक किशोर भने नाबालक भएकाले तारेखमा छुटेका छन् । आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने क्रममा बोरा नै चोरी भएपछि प्रहरीले तस्करीको सूचना पाएपछि सुन बरामद गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१७ सयले बढेर एक लाख ४२ हजार २ सय पुग्यो सुन
जेठ १८, २०८१ शुक्रबार
सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य निरन्तर उकालोतिर
जेठ १७, २०८१ बिहिबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार