शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक : मन्त्री शर्मा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार ११:३८:४०
६ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताएकी छिन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शङ्खधर उद्यान केन्द्रमा आज आयोजना गरेको कार्यक्रममा उनले पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुङ्गिसक्ने दाबी गरिन । उनले परिवर्तनका लागि लड्ने नेताका रूपमा शङ्खधर साख्वाःलाई आफूले चिनेको र देशमा सङ्घीयता आउनु पनि शङ्खधरले देखेको सपना रहेको बताइन्।
मन्त्री शर्माले सम्पूर्ण सरकारी दस्तावेजमा नेपाल संवत्लाई उल्लेख गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि जानकारी दिइन्। उनले भनिन, “बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचानका लगि गणतन्त्र आवश्यक छ ।”
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषाको संरक्षण र संवर्द्धन गर्न महानगरपालिका भित्रका सबै विद्यालयमा नेपाल भाषा विषय पढाउन थालिएको जानकारी गराइन् । प्राथमिक तहमा पढाइ हुने स्थानीय भाषाले सबै जनालाई भाषा सिक्ने अवसर प्रदान गरेको उनको भनाइ थियो ।
महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले शङ्खधर साख्वाः सम्पूर्ण नेपालीको भएको बताउए । नेपाल संवत्का प्रवर्तक शङ्खधर काठमाडौंका व्यापारी साथै समाजसेवी पनि थिए । तत्कालीन अवस्थाको कान्तिपुर इलाकामा बस्ने उनले गरिब नेपालीलाई ऋणमुक्त गराएको इतिहासविद्को दाबी छ ।
राघवदेवको पालामा साख्वाःले नेपालीहरूको ऋणमोचन गरिदिएको खुसीयालीमा विसं ९३६ मा नेपाल संवत् प्रचलनमा ल्याएको इतिहासकारको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार
बजेट पारित नहुन्जेल संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन
असार ७, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठक जारी
असार ७, २०८१ शुक्रबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ७, २०८१ शुक्रबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति
असार ७, २०८१ शुक्रबार
बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द
असार ७, २०८१ शुक्रबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
अरविन्द केजरीवालको जमानतमा रोक, रिहाई फेरी अनिश्चित
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
असार ७, २०८१ शुक्रबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार