अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार १३:१५:५४
६ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले नेपालका निर्माण व्यवसायीका समस्याबारे सरकारले समयमै ध्यान दिनुपर्ने बताए ।
एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था ( इफाप्का) को ४६औँ सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका हुने बताए । उनले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले भने, ‘पृथ्वी रहेमात्र हामी रहन्छौँ भन्ने मान्यतालाई आत्मसात् गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको सिकार भइरहेको परिप्रेक्ष्यमा यस संगठनले जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।’
उनले अहिलेको विश्वलाई हेर्ने हो भने पनि भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेको बताउँदै भौतिक पूर्वाधारको विकाससँगै हामीले यससँग सम्बन्धित अन्य पक्षहरूलाई पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताए ।
कुनै पनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ, राष्ट्रपति पौडेलले भने, जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सतर्कता अपनाउनु जरुरी छ ।
उनले हालै नेपालको भ्रमण गरेका संयुक्त राष्ट्रसंघका महासचिवले पनि जलवायु परिवर्तनको एजेन्डालाई उच्च महत्व दिएको प्रसंग स्मरण गराउँदै कार्बन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न सबैलाई आग्रह गरे । विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा भौतिक पूर्वाधारको क्षेत्रले पनि प्रविधिमैत्री अभ्यासलाई अझ बृहत् बनाउनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
असार २, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेल बर्लिनमा, भोलि जर्मनीका समकक्षीसँग भेटवार्ता हुने
असार २, २०८१ आइतबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
विश्वकपमा नामिबियामाथि इङल्याण्ड ४१ रनले विजयी
असार २, २०८१ आइतबार
तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै
असार २, २०८१ आइतबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
म्याग्दीको बेनी–पाखापानी सडक स्तरोन्नति सुरु
असार २, २०८१ आइतबार
युरोकपमा इटालीको विजयी सुरुवात
असार २, २०८१ आइतबार
सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
असार २, २०८१ आइतबार