सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, बैंकतर्फ ग्लोबल आईएमईले बुझायो धेरै कर
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १०:५०:११
७ मंसिर, काठमाडौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।
राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सरकारले कर दिवसको अवसर पारेर विभिन्न १६ विधाका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मानित भएका व्यक्ति तथा संस्थालाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् । संस्थागततर्फ बढी आय नेपाल टेलिकमले तिरेको छ । वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपरमार्केटले सर्वाधिक कर तिरेको भन्दै सरकारले सम्मान गरेको छ ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई मन्त्री महतले सम्मान गरेका हुन् । व्यक्तिगत आयबाट धेरै कर तिर्ने उद्यमीमा विजयबहादुर शाह रहेका छन् । उनी हिमालय डिस्टिलरी लिमिटेडका अध्यक्ष हुन् ।
त्यसैगरी वित्तीय संस्थाका तर्फबाट ग्लोबल आईएमई, रेमिट्यान्स कम्पनी आईएमईले पनि सर्वाधिक कर तिरेको छ । ग्लोबल बैंकका अध्यक्षसमेत रहेका चन्द्र ढकाललाई सरकारले सम्मान गरेको छ ।
उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुन् । सबैभन्दा बढी निर्यात गरेकोमा डाबर नेपाल, विशेष उद्योगबाट एसियन पेन्टस्, कृषिबाट ओबिस फुड्स, सहकारी तथा लघुवित्तबाट छिमेक लघुवित्त संस्था, विमा व्यवसायमा लाईफ इन्स्यारेन्स कर्पोरेसन, स्वास्थ्य तथा शिक्षामा नेपाल नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायमा मनकामना दर्शनले सर्वाधिक कर तिरेको छ ।
मध्यम स्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोसी पावर कम्पनीलाई सम्मान गरेको छ । निरन्तर पाँच वर्षदेखि सर्वाधिक कर तिर्ने र यस वर्ष पनि अन्तःशुल्क, मूल्य अभिवृद्धि र आय कर तिर्ने सूचीमा गरेर दुई विधामा सूर्य नेपाललाई सम्मान गरिएको छ ।
सम्मान गरिएका करदाता कम्पनीहरू:
सबैभन्दा बढी आयकर: नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)
निर्यात कारोबार: डाबर नेपाल प्रालि
विषेश उद्योग: एसियन पेन्ट्स
कृषि एवम् पशुजन्य: ओबिसी फुड्स प्राली
सहकारी तथा लघुवित्त: छिमेक लघुवित्त
बैंक तथा वित्तीय संस्था: ग्लोबल आईएमई
सूर्य नेपाल प्रालि दुई विधामा सम्मानित
बीमा: लाइफ इन्स्योरेन्स कर्पोरेसन
स्वास्थ तथा शिक्षा: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
पर्यटन: मनोकामना दर्शन प्रालि
वस्तु व्यापार: भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता: नेपाल स्टक एक्सचेन्ज
ऊर्जा: भोटेकोसी पावर कम्पनी
रेमिटेन्स: आईएमई लिमिटेड
व्यक्ति आय: विजयकुमार शाह
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार