समग्रमा आयात घट्दा कम देखियो व्यापार घाटाः ५ खर्ब १२ अर्बको आयात, ५० अर्ब ५६ करोडको निर्यात
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार ११:४२:३४
८ मंसिर, काठमाडौं । गएको चार महिनामा देशले खरिद गर्ने समग्र बस्तुको आयात घटेको छ । समग्र आयात घटेका कारण व्यापार घाटा पनि न्युन देखिएको छ । तर, निर्यात र आयातको अनुपात भने धेरैले बढेको छ । मुलुकको आर्थिक अवस्था शिथिल हुँदा समग्र वैदेशिक व्यापारमा प्रत्यक्ष प्रभाव परेकाले व्यापार घाटा कम देखिएको हो । चार महिनामा वैदेशिक व्यापार ४.१५ प्रतिशतले घटेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमध्ये र ५० अर्ब ५६ करोड रुपैयाँको नेपालले बस्तु निर्यात गरेको छ । यो परिमाण गत वर्षको सोही अवधिको तुलनामा कम हो । गत आर्थिक वर्षको पहिलो ४ महिनासँग तुलना गर्दा आयात व्यापार ३.७९, निर्यात व्यापार ७.६८ र व्यापार घाटामा ३.३४ प्रतिशतले कमी आएको छ ।
समग्रमा हेर्दा मुलुकबाट ५० अर्ब रुपैयाँको वस्तु निर्यात हुँदा ५ खर्बभन्दा बढीको आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा देखिन्छ । आयात हुने वस्तुमा सबैभन्दा बढी पेट्रोलियम पदार्थकै स्थान माथि छ । ४ महिनामा ४० अर्ब ३१ करोड रुपैयाँको ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात भएको छ । २२ अर्ब ८७ करोड रुपैयाँको २ लाख २३ हजार ८ सय १० किलोलिटर पेट्रोल र १५ अर्ब ४५ करोड रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।
यसैगरी ११ अर्ब ५३ करोडको स्मार्टफोन र ८ अर्ब २० करोडको सुन आयात भएको विभागले जनाएको छ । चार महिनामा ६ अर्ब ८४ करोडको हवाई इन्धन, ५ अर्ब ७६ करोडको क्रुड सोयाबिन तेल, ५ अर्ब ४३ करोडको क्रुड सनफ्लावर तेल र ४ अर्ब ५२ करोडको पाम तेल आयात भएको छ ।
चालु आवको ४ महिनामा १ खर्ब ३७ अर्ब ८ करोड रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा सुधार आएर गत असोजसम्मा मुद्रा सञ्चिीत १६ खर्ब ४३ अर्ब पुगेको छ । गत आर्थिक वर्षको पहिलो ४ महिनामा ५ खर्ब ८७ अर्ब ४६ करोडको व्यापार भएको थियो । यसमा ५ खर्ब ३२ अर्ब ६९ करोडको आयात र ५४ अर्ब ७७ करोड रुपैयाँको निर्यात भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार