ऋण मिनाहा हुने आशामा सिफलचौर पुगेका प्रसाईं पक्षधरहरू [ फाेटाे फिचर ]
नेपालबहस संवाददाता
मंसिर ९, २०८० शनिबार १६:६:३
९ मंसिर, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौंबासीसँग गुनासो पोखेका छन् ।
शनिबार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरहरूको सिफलचौरमा प्रदर्शन जारी छ।
प्रदर्शनमा आएकाहरू भने बिस्कुट र पानी खाएर उनको भाषण सुनिरहेका छन्। काेही बदाम खाइरहेका छन् । वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा हुने आशामा आफूहरू प्रदर्शनमा आएको उनीहरू बताइरहेका छन्। प्रशासनले प्रदर्शनका लागि सिफलचौर तोकिदिएपछि प्रसाईं पक्षधरहरू शनिबार बिहानैदेखि सिफलचौर भेला भएका थिए।
आन्दोलनमा सहभागी मधेशी मुलका प्राय महिला छन् । त्यसमा पनि कतिपय महिला घरमा ससाना बालबच्चा छोडेर प्रसाईलाई समर्थन गर्न काठमाडौं आएका छन् । घरमा बालबच्चा छोडेर यो चिसो मौसममा काठमाडौंका सडकमा भोक प्यास नभनि खटिरहेका उनीहरूको आस भनेकै बैंक, लघुवित्त तथा सहकारी लगायतका वित्तीय संस्थाको ऋणबाट मुक्ति पाउनु ।
‘नागरिक बचाउ अभियान’को नेतृत्व गर्दै आएका प्रसाईं पक्षधरले बिहीबारदेखि प्रदर्शन सुरू गरेका हुन्। बिहीबार उनीहरूले बल्खुमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। दोस्रो दिन, शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले धरपकड गरेको थियो। बिहीबारको तुलनामा आज प्रदर्शनकारीको संख्या घटेको छ।
सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार