पाकिस्तानी दूतावास अगाडि राष्ट्रिय एकता अभियानकाे प्रदर्शन [ फाेटाे फिचर ]
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार १२:२८:२३
१० मंसिर, काठमाडौं । राष्ट्रिय एकता अभियानले नेपालस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ । मुम्बई हमलाको १५ औं वार्षिकोत्सवमा विनय यादव नेतृत्वको अभियानले प्रदर्शन गरेको हो ।
प्रदर्शनकर्ताहरूलाई संक्षिप्त सम्बोधन गर्दै यादवले आतंकवाद नेपालको राष्ट्रिय सुरक्षाको समेत चुनौती रहेको भन्दै सतर्क रहन चेतावनी पनि दिए । उनले पाकिस्तानसँग आतंकवाद रोक्न र मानवअधिकारको पालना गर्न माग गर्दै हिन्दूहरूको सहयोगी बन्न पनि आह्वान गरे ।
यादवले २६-११ को मुम्बई हमलाले हामीलाई आतंकवाद निर्मूल गर्न एकजुट भएर बस्नु पर्ने कुरा सिकाएको बताए । उनले आतंकवादी गतिविधि र राष्ट्रिय सुरक्षाका लागि अहिले चुनौतीपूर्ण समय भएकाले नेपाल पनि सतर्क रहनुपर्ने बताए ।
राष्ट्रिय एकता अभियानका समर्थकहरूले पनि पाकिस्तान विरुद्ध एकमतको भावना व्यक्त गरेका छन् र आतंकवादलाई समर्थन गर्नु अपराध हो जुन विश्वका लागि खतरा भएको बताएका छन्। यससँगै अभियानद्वारा हिन्दु समुदायलाई एकताबद्ध राख्न र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने समेत आव्हान गरिएको छ ।
उक्त प्रदर्शनमा सहभागीहरूले आतंकवाद र मानवअधिकार उल्लङ्घनका विरुद्ध सबै देश एकजुट भएर प्रत्यक्ष अडान लिनुपर्ने भन्दै समर्थन जनाएका छन् । यस प्रदर्शनले शान्तिपूर्ण र एकताबद्ध सन्देश दिएको छ र मानिसहरूलाई एकताबद्ध भएर विश्वलाई शान्ति र सुरक्षातर्फ लैजान प्रेरित गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
असार ११, २०८१ मंगलबार
वैदेशिक रोजगार पीडितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन
असार २, २०८१ आइतबार
इलाममा आदिवासी जनजाति महोत्सव
जेठ २७, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार