राज्यलाई घाटाः विना प्रतिस्पर्धा छनोट गरिएको आईडेमीयालाई मर्मत वापतको ३० करोड भुक्तानी
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार १३:६:१३
१० मंसिर, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना व्यवस्थापन प्रणाली मर्मत गर्न फ्रान्सेली कम्पनी आईडेमीयालाई वार्षिक १५ करोड रूपैयाँ दिने निर्णय गरी दुई किस्ता भुक्तानी गरिसकेको छ । विभागले आईडेमीयालाई दुई वर्षसम्म राष्ट्रिय परिचयपत्र सूचना व्यवस्थापन प्रणाली मर्मत गर्न ३० करोड रूपैयाँ दिएको हो । विभागले आईडेमीयासँग पुनः एएमसी गरिसकेको छ । गत भदौ ६ गते मन्त्रिपरिषदले निर्णय गरेपछि विभागले आईडेमीयालाई गत वर्षको बाँकी र चालू आर्थिक वर्षको गरी झन्डै ३० करोड लिइसकेको स्रोतले जनाएको छ ।
आईडेमिया राष्ट्रिय परिचयपत्र जडान गर्न यसअघि पटक–पटक गरी अर्बौं रूपैयाँको ठेक्का पाएको कम्पनी हो । झण्डै एक अर्बको प्रोजेक्ट मर्मतमा १५ प्रतिशत खर्च हुने सम्झौता भएकोले २ वर्षको लागि ३० करोड रूपैयाँ दिएको स्रोतको दावी छ । ‘कूल लागतको १५ प्रतिशत वार्षिक मर्मत खर्च दिने भनेर फ्रान्सेली कम्पनीसँग प्रणाली खरिद गर्ने बेलामै सम्झौता गरिएको रहेछ सोही अनुरूप भुक्तानी गरिएको हो’, स्रोतले भन्यो । सफ्टवेयर जडान गर्न झन्डै १ अर्ब रूपैयाँको ठेक्का पाएको आईडेमीयाले त्यसअघि पनि ४.९ मिलियन अमेरिकन डलरको ठेक्का पाएको थियो । २ लाख ५० हजार व्यक्तिको बायोमेट्रिक गर्ने तथा १ लाख १७ हजार कार्ड छाप्न फ्रान्सेली कम्पनी मोर्फासँग सम्झौता गरिएको थियो । विभागका एक कर्मचारीका अनुसार ग्लोबल टेन्डरमार्फत शुरूमा मोर्फा छनौट भएको थियो । दुवै एउटै कम्पनी हुन् । मोर्फा नै पछि आईडेमिया भएको हो ।
पाइलटिङ कार्यका लागि शुरूमा पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका कर्मचारीहरू समेतलाई बायोमेट्रिक गरी कार्ड वितरण गरिएको थियो । प्रयोगका लागि ४.९ मिलियन अमेरिकन डलरमा कम क्षमताको प्रणाली ल्याएर परीक्षण गरिएको भन्दै दोस्रो पटक सोही कम्पनीलाई विना प्रतिस्पर्धा छनोट गरिएको थियो । दोस्रो पटक ८.१ मिलियन अमेरिकन डलरको ठेक्का दिइएको थियो । ‘दोस्रो पटक पनि ग्लोबल टेन्डर नै गरिएको थियो । तर, क्याबिनेटले नै ’सिंगल सोर्स’ विधिबाट आईडेमीयालाई सोझै छनोट गरेको थियो,’ स्रोतले भन्यो ।
पहिलेको प्रणाली कम क्षमतामा भएकाले पूर्ण क्षमतामा सञ्चालन गर्न दोस्रो पटक ठेक्का दिइएको थियो । २ करोड मानिसको बायोमेट्रिक र ३ करोड जनाको वैयक्तिक विवरण ‘डेटाबेस’ सञ्चालन गर्न कम्पनीलाई ठेक्का दिइएको थियो । ‘पहिले ५ सय कार्ड प्रति घण्टा छापिने क्षमता थियो, त्यसलाई बढाएर १ हजार कार्ड वितरण गर्ने क्षमता बनाइएको हो, सोही ठेक्कामा सर्भिस, विद्युतीय सेवा पनि समावेश थियो,’ एक कर्मचारीले भने । तर यसरी पटक पटक गरी ठेक्का पाएको कम्पनीले मर्मत गर्न वार्षिक १५ करोड थप रकम लिन लागेको हो । ‘ठेक्का पनि लिने मर्मत वापतको पनि रकम दिने गरी सम्झौता गरिएको रहेछ’, स्रोतले भन्यो । स्रोतका अनुसार यसरी हरेक वर्ष मर्मत वापतको रकम भुक्तानी गर्दै जाने हो भने राज्यलाई अरबौं रूपैयाँ घाटा लाग्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार
ताप्लेजुङमा बाढी पहिरोले दर्जनौँ परिवार विस्थापित
असार २, २०८१ आइतबार
पार्टीको ह्वीप नमानेको भन्दै सांसद गुरुङलाई एमालेले सोध्यो स्पष्टीकरण
असार २, २०८१ आइतबार