विभिन्न अपराधमा संलग्न पाँच हजार बढी कानूनी दायरामा
इन्द्र रिजाल
बैशाख ५, २०७६ बिहिबार १२:१५:४८
काठमाडौं । नेपाल प्रहरीले काठमाडौं जिल्लामा भएका विभिन्न अपराधमा संलग्न पाँचहजार बढी व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा चार हजार ७६१ मुद्दाका पाँच हजार ३५८ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले परिसर र काठमाडौंका विभिन्न प्रहरी वृत्तमा आएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर, ठगी, अभद्र व्यवहार, लागुऔषध, चोरी, जुवातास, भवितव्य ज्यानमुद्दा लागेको छ । सबैभन्दा बढी प्रहरी परिसरमा झण्डै एक हजार मुद्दामा ८३१ जनालाई पक्राउ गरी कारवाही अघि बढाइएको छ ।
प्रहरी वृत्त बानेश्वर, बालाजु, कमलपोखरी, लैनचौर, थानकोट, सिंहदरबार, बौद्ध, स्वयम्भू, गौशाला, कीर्तिपुर, महाराजगञ्ज, दरबारमार्ग र कालिमाटीमा परेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी कारवाही थालिएको परिसरले जनाएको छ ।
पछिल्लो सममया बैंकिङ कसुर, साइबर अपराध, वैदेशिक रोजगार तथा हाउजिङसम्बन्धीका अपराध बढेको भन्दै परिसरका निमित्त प्रमुख अशोक सिंहले यसतर्फ प्रहरीले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर कारवाही अभियान चलाइएको बताए।
भारतीय नागरिकसमेत लुटपाट र ठगीमा सक्रिय हुने गरेको पाइएको छ । नक्कली वस्तुलाई सक्कली भनेर ठगी गर्ने गिरोहसमेत सक्रिय भएको परिसरका प्रवक्ता बोगटीले जानकारी दिए । यसतर्फ सचेत हुन र समयमै सूचना दिनसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयले बनायो कार्यदल
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
आजदेखि महोत्तरीका विद्यालयमा पनि गर्मी बिदा
जेठ १७, २०८१ बिहिबार
पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम धमाधम
जेठ १७, २०८१ बिहिबार
चितवन र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
इरानमा राष्ट्रपति पदको उम्मेदवारी दर्ता खुला
जेठ १७, २०८१ बिहिबार
नदीमा जलसतह बढेपछि विद्युत् भारततर्फ निर्यात सुरु
जेठ १७, २०८१ बिहिबार
अर्मेनियामा प्रधानमन्त्रीविरूद्ध विरोध प्रदर्शन
जेठ १७, २०८१ बिहिबार