पूर्वबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात
नेपालबहस संवाददाता
मंसिर १२, २०८० मंगलबार १४:२९:२४
१२ मंसिर, झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख रूपैयाँ बराबरको चार हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात गरिएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
झापा, इलाम, पाँचथर, धनकुटालगायत कोसी प्रदेशका जिल्लामा चियाको खेती गरिँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् ।
पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैंची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात गरिँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०/८१ को साउन, भदौ र असोज महिनामा एक अर्ब २० करोड ८० लाख रूपैयाँ बराबरको एक हजार ५१० मेट्रिक टन अलैंची भारत निर्यात गरिएको थियो ।
पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैंचीको खेती गरिँदै आएको छ । औषधि र मसलाका रूपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च छ ।
आव २०८०÷८१ को त्रैमासिक अवधिमा २२ करोड ९५ लाख चार हजार रूपैयाँ बराबरको एक हजार ७९३ मेट्रिक टन अदुवा पूर्वी नाका काँकडभिट्टा भएर निकासी गरिएको छ । निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन गर्ने गरिएको छ । किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्याएर गुणस्तरीय बनाएर भारत निकासी गरिएको छ ।
अम्रिसो कुचो बनाउन प्रयोग गरिन्छ । नेपाली अम्रिसोको भारत र बंगलादेशमा ठूलो माग छ । तथापि, नेपालबाट अधिकांश अम्रिसो भारत निर्यात गरिन्छ । चालू आवको त्रैमासिक अवधिमा २९ करोड ४० हजार रूपैयाँ बराबरको दुई हजार ४१७ मेट्रिक टन अम्रिसो भारत निकासी गरिएको ठाकुरले जानकारी दिए ।
अरू बाली उत्पादन नहुने पहाडको पाखो बारी र कान्लामा अम्रिसोको खेती गरिन्छ । फूल छिप्पिएपछि थुतेर कुचोका रूपमा प्रयोग गरिने भएकाले यसबाट किसान लाभान्वित भइरहेका छन् । अम्रिसोको घाँस गाईवस्तुलाई खुवाइन्छ ।
पूर्वी नाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ । मसलाका रूपमा प्रयोग गरिने तेजपात पनि भारततर्फ निकासी हुन थालेको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालू आवको पहिलो त्रैमासिक अवधिमा ७४ करोड १८ लाख १९ हजार रूपैयाँ बराबरको २२ हजार ६७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी गरिएको छ । सोही अवधिमा १७ लाख ९२ हजार रूपैयाँ बराबरको २८ मेट्रिक टन तेजपात भारत निकासी गरिएको छ ।
नेपालबाट भारततर्फ निकासी गरिने कृषि वस्तुमा मुसुरो दाल समेत रहेको छ । सोही अवधिमा आठ करोड चार लाख १९ हजार रूपैयाँ बराबरको ५८७ मेट्रिक टन मुसुरो दाल निकासी गरिएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार