इण्डियन प्रिमियर लिग : शीर्ष स्थानको चेन्नई हैदरावादसंग पराजित
इन्द्र रिजाल
बैशाख ५, २०७६ बिहिबार १२:२३:४२
एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स पराजित भएको छ ।
बुधबार राती भएको खेलमा चेन्नई सनराइजर्स हैदरावादसंग ६ विकेटले पराजित भएको हो । राजिब गान्धी क्रिकेट स्टेडियममा चेन्नईले दिएको १३३ रनको सामान्य लक्ष्य घरेलु टोली हैदरावादले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
हैदरावादका लागि जोनी बैयर्स्टो र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बैयर्स्टोले अविजित ६१ रन जोड्दा वार्नरले ५० रन बनाए । चेन्नईका इमरान ताहिरले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । चेन्नईका लागि फाफ डु प्लेसिसले ४५ रन जोड्दा सेन वाट्सनले ३१ रन बनाए । हैदरावादका राशिद खानेले २ विकेट लिए ।
घरेलु टोलीसंगको हारसंगै चेन्नईले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ । चेन्नईले ९ खेलबाट १४ अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ ।
चेन्नईलाई हराएसंगै हैदरावादले भने अंक तालिकामा सुधार गरेको छ । हैदरावाद ८ खेलबाट ८ अंक जोडेको छ । हैदरावाद पाँचौं स्थानमा छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार