चार उच्च अदालतमा भिडियो कन्फरेन्सबाट मुद्दाको सुनुवाइ, अबदेखि घरमै बसेर आफ्नो मुद्दा हेर्न सकिने
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार १४:४६:७
१४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले चार उच्च अदालतका इजलासहरु श्रव्यदृश्य संवादमार्फत सुनुवाइ सुरु गरेको छ । भिडियो कन्फ्रेन्सबाट मुद्दाको सुनुवाइ सुरू भएको हो । सर्वोच्च अदालतले बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडा इजलासमा भिडियो कन्फ्रेन्सबाट मुद्दाको सुनुवाइ सुरू गरेको हो ।
बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले देशका चार ठाउँमा उच्च अदालतका इजलासहरुको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले अब आ–आफ्नै घरबाट पनि न्याय पाउन सक्ने बताए । उनले नेपालको भूभाग र भूधरातलीय स्थिति हेरेर दुर्गमका जनताहरुलाई आवश्यक पर्ने न्यायको पहुँच सहज हुनका लागि यो काम गरिएको बताए ।
उनले कानुन व्यवसायीलाई पनि आफ्नै चेम्बरमा बसेर बहस गर्न सकिने फाइदा यस प्रविधिबाट हुने पनि बताए । उनले आगामी दिनमा थप अध्ययन गरी श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ गर्ने अभियान बिस्तार गर्ने बताए । प्रधानन्यायाधीश श्रेष्ठले छिटो, छरितो, सरल र सुलभ तरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पुर्याउन सहयोग पुग्ने उद्देश्य राखेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेशी दोहोरिने प्रकरणः अदालतको सिस्टमबाटै हुन्छ कि नियतबस गरिन्छ ?
जेठ १७, २०८१ बिहिबार
कोशी सरकारविरुद्ध केदार कार्कीले दिएको रिटसहित १५ वटा मुद्दामा आज सुनुवाइ भएन
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार
बालिका बलात्कारीलाई आठ वर्ष कैद
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै
जेठ १७, २०८१ बिहिबार
सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिएन : क्यान
जेठ १७, २०८१ बिहिबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार