धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १२:२३:३६
१५ मंसिर, कैलाली । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्र गर्न थालिएको हो । गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको उक्त सडक चालु आवमा अगाडि बढेको उहाँले बताए ।
द्रुतमार्गको २३ किमी सडक कालोपत्रका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किमी सडक कालोपत्रका लागि सम्झौता भएको थियो ।
कैलालीमा थप साढे छ किमी र डोटीतर्फ १५ किमी कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । चार खण्डमा कालोपत्रको काम हुने रावलले जानकारी दिए । उनका अनुसार डोटीतर्फ छ किमी कालोपत्र गरिएको छ ।
डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा कालोपत्रको काम अघि बढेको रावलको भनाइ थियो । उनका अनुसार द्रुतमार्गको ४३ दशमलव आठ किमी सडक कालोपत्रका लागि सम्झौता भएकामा झण्डै ७० प्रतिशतमात्र काम पूरा भएको छ ।
धनगढी खण्डअन्तर्गत पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलमव चार किमी कालोपत्र गर्नका लागि भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का भएको थियो । दिपायल खण्डमा निर्माण कम्पनी काम गरिरहेको छ ।
दुई वर्षअघि ठेक्का सम्झौता गरिए पनि बजेट अभावले सडक निर्माण अलपत्र परेकामा चालु आवमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कामले निरन्तरता पाएको आयोजना कार्यालयले जनाएको छ ।
विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किमी सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गबाट धनगढीसम्मको १० किमी पनि थपेर ९२ किमी काम भइरहेको जनाइएको छ ।
(((
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीको बेनी–पाखापानी सडक स्तरोन्नति सुरु
असार २, २०८१ आइतबार
बेनीमा सडक बनेको १८ वर्षपछि स्तरोन्नति
जेठ ३२, २०८१ शुक्रबार
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
जेठ ३१, २०८१ बिहिबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
मजदुर आन्दोलन, देशभर पेट्रोलियम पदार्थको वितरण ठप्प
असार २, २०८१ आइतबार
सरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार
असार २, २०८१ आइतबार
प्रेस स्वतन्त्रताको मर्म विपरीत, मिडिया काउन्सिल विधेयक
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार