सिनेमाघर एपमा रिलिज भयो खगेन्द्रको चलचित्र 'पानीफोटो', विश्वभरबाट हेर्न सकिने
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १६:३९:४५
१५ मंसिर, काठमाडौं। अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र 'पानीफोटो' ओटीटी प्लेटफर्म 'सिनेमाघर एप'मा रिलिज भएको छ । शुक्रवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ ।
गत वर्ष श्रावण १३ गते हलमा रिलिज भएको 'पानीफोटो'मा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । यसमा खगेन्द्र आफैले पनि अभिनय गरेका छन् भने अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय छ ।
टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको यस चलचित्रका निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन् । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा सङ्गमको पार्श्व सङ्गीत छ ।
डेढ दशक अगाडि गुरुकुलमा 'पानीफोटो' नामक नाटक मञ्चन भएको थियो । त्यही नाटकमाथि खगेन्द्रले चलचित्र बनाएका हुन् । लामिछानेले हरेक फिल्म मेकरको सिनेमा मार्फत फरक फरक कथा भन्ने सपना हुने बताए । उनले भने, 'पानीफोटोमा जुन कथा भनिएको छ, त्यो कथा मेरो मनमा गडिएर बसेको भुइँमान्छेहरुको कथा हो । हराएका आफन्तहरू आउलान् भनेर आँखामा आशाको ज्योति लिएर कुरिबसेका हजारौँ भुइँमान्छेको कथा हो ।'
माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा-आमाको कथालाई प्रस्तुत गरिएको यस चलचित्रले द्वन्द्वकालीन समयको प्रभाव अहिले नेपाली समाजमा के छ र के पनि छ भन्ने चलचित्रले स्पष्टसँग देखाउँछ ।
यसअघि सिनेमाघर एपमा 'जय भोले', 'कबड्डी ४', 'महापुरुष', 'जारी' जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन् । सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ ।
'पानीफोटो' हेर्न रु. २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
जेठ १८, २०८१ शुक्रबार
‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा
जेठ १८, २०८१ शुक्रबार
सुशील श्रेष्ठको फिल्म ‘आउट ल’ संबिधान दिवसमा प्रदर्शन हुने
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार