नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १३:२३:२६
१८ मंसिर, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु भ्रमण गराएको छ । कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङ लगाएतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ६ सय जना भन्दा बढि वरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकाे सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सँधै प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउदै योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्ताहरुलाई गिफ्ट भौचर र अवार्ड प्रदान गर्नु भएको थियो ।
सहभागि अभिकर्ताहरुले अर्नाका लागि प्रसिद्ध नेपालको वन्यजन्तु आरक्षण केन्द्र कोशी टप्पुको भ्रमण र सप्तकोशीमा बोटिङ लगाएतको मनोरञ्जनात्मक क्रियाकलापमा सहभागि हुने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ
जेठ १५, २०८१ मंगलबार
प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम धमाधम
जेठ १७, २०८१ बिहिबार
चितवन र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
इरानमा राष्ट्रपति पदको उम्मेदवारी दर्ता खुला
जेठ १७, २०८१ बिहिबार
नदीमा जलसतह बढेपछि विद्युत् भारततर्फ निर्यात सुरु
जेठ १७, २०८१ बिहिबार
अर्मेनियामा प्रधानमन्त्रीविरूद्ध विरोध प्रदर्शन
जेठ १७, २०८१ बिहिबार
खेलकुदमन्त्री श्रेष्ठले गरे टीयू क्रिकेट मैदानको निरीक्षण
जेठ १७, २०८१ बिहिबार