बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा सैनिक अमलदार घाइते
इन्द्र रिजाल
बैशाख ५, २०७६ बिहिबार १९:२८:०
पोखरा । पोखरामा बम डिस्पोजका क्रममा विस्फोट हुँदा एकजना सैनिक घाइते भएका छन् । पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् ।
पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो । त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत थापा घाइते भएका हुन् ।
थापाको हातका औंलामा क्षति पुगेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । प्रवक्ता गुरुङका अनुसार घाइते थापाको अहिले फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
नेत्रविक्रम चन्द विप्लव समूहले आहृवान गरेको नेपाल बन्दका बेला पोखराका विभिन्न ठाउँम शंकास्पद वस्तु फेला परिरहेका छन् । पोखरा २९ लेखनाथ घोतघोतेमा शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।
पोखरा ५ जिरो किमीमा समेत शंकास्पद वस्तु फेला परेको थियो । तर, प्रहरीले उक्त बस्तु बम नभएको पुष्टि गरिसकेको छ । पोखरा ९ न्यूरोड ट्रेड मल पछाडिसमेत शंकास्पद बस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले गरेको नेपाल बन्दको प्रभाव पोखरामा देखिएको छ । निजी सवारीसाधन फाटफुट चलेपनि नजिक तथा टाढा चल्ने कुनैपनि सार्वजनिक बसहरु चलेका छैनन् । शैक्षिक संस्थाहरुसमेत पूर्ण रुपमा प्रभावित बनेका छन् । रासस
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपद्रुतमार्गको ठेक्कामा नेपाली सेनाको मनपरी, परामर्शदाता नै परिवर्तन
जेठ १४, २०८१ सोमबार
महाकाली नदीमा सेनाको विपद् नमुना अभ्यास
जेठ १४, २०८१ सोमबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार