दिएको निर्देशन अनुसार सचिवहरुले काम नगर्दा जनताको सरकार र दलप्रतिको भरोसा टुट्योः प्रधानमन्त्री
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार १३:३९:२
२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरूले निर्देशन अनुसार काम नगरेको बताएका छन् । उनले दिएको निर्देशन अनुसार काम नभएकाले परिणाम निराशा जनक रहेको बताएका छन् । यसका लागि पुराना ऐन संशोधन गरी दीर्घकालीन समस्या समाधानमा सरकार रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले सोचेजस्तो शासकीय सुधारको काम गर्न नसकिएको भन्दै अब सरकारको ध्यान समग्र शासकीय प्रणाली सुधारमा केन्द्रित हुने बताए । आफूले पहिलो पटक सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशा जनक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका उपाय खोज्नैपर्ने बताए ।
उनले भने, ‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब खाली प्रशासकीय मात्रै होइन । समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरेका छौं ।’ प्रधानमन्त्री प्रचण्डले शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर लागेको भन्दै सेवा प्रवाहको क्षेत्रमा साना–साना कामहरूमा सुधार गरेर अनि ठूला–ठूला कामहरूलाई प्रायोटाइज गरेर जान जरुरी रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले २०७९ पुस २९ गते सरकारका सचिवहरुसँग बैठक गरी ३० बुँदे निर्देशन दिएका थिए । आफूले दिएको सोही निर्देशन स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तत्काल जनतालाई सेवा प्रवाह गर्न र जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न मातहतका सबै निकायलाई निर्देशनसमेत दिए । जनताले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत नगरेमा सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रप्रति जनताको भरोसा कमजोर हुँदै जानेतर्फ उनले ध्यानाकर्षण गराए ।
‘सेवा प्रवाहको क्षेत्रमा हामीले ससाना कामको सुधार गरी ठूल्ठूला कामहरूको टार्जेट गरी अलि कंक्रिटाइज गर्नु जरुरी छ’, प्रधानमन्त्रीले भने, ‘जनताले प्रत्यक्ष रूपमा सेवा प्रवाह भएको अनुभूत गरेनन् भने सरकार, राजनीतिक दल र कर्मचारी तन्त्रप्रति जनताको भरोसा कमजोर हुँदै जाने र विश्वास टुट्दै जाने हुन्छ । त्यस कारण सेवा प्रवाहमा तत्काल सुधार गरी जनतालाई कसरी सुविधा दिन सकिन्छ भन्नेमा सरकार गम्भीर भएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार