पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा, बिधुतीय काराेबार ऐन खारेज हुने
इन्द्र रिजाल
बैशाख ५, २०७६ शुक्रबार ०:२५:१६
काठमाडौं । ठगीको समाचार लेखेकै कारण साइबर अपराधको आरोपमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । अधिवक्ता स्वागत नेपाल लगायतले बहस गरेपछि काठमाडौं जिल्ला अदालतका न्यायाधिश अम्बरराज पौडेलको एकल इजलासले पत्रकार गिरीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
गत सोमबार उनलाई पोखराबाट सीबीआईको टोलीले पक्राउ गरि काठमाडौं ल्याएको थियो । प्रेस काउन्सिलका एक कर्मचारीको लापरवाहीका कारण पत्रकार गिरीले चार दिनदेखि अनाहकमा दुख पाएका थिए । अदालतले साधारण तारेखमा रिहा गरेपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ज्ञापनपत्र बुझाएर जिल्ला अदालत काठमाडौं पुगेको पत्रकार महासंघको टोली एवं त्यहाँ उपस्थित अन्य पत्रकारहरुले गिरीलाई खादा र अबिरजात्रा गरि अदालत परिसरमै स्वागत गरेका थिए ।
महासंघका अध्यक्ष गोबिन्द आर्चाय,महासचिव रमेश विष्ट,प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेत , नेपालबहस डटकमका प्रधानसम्पादक इन्द्र रिजाल ,पत्रकार सुरज प्याकुरेल, रामप्रसाद दाहाल लगायत दर्जनौ पत्रकारहरुको उपस्थिति थियो ।
पत्रकार गिरीको रिहाईको माग गर्दै बिहीबार पत्रकार महासंघका जिल्ला शाखामार्फत देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिइएको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको प्रतिनिधिमण्डले बिहीबार नै सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोबार ऐन खारेज गर्ने र नयाँ बन्ने कानुनमा प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री बाँस्काेटाले महासंङले उठाएका मागहरू संबाेधन हुने बताउदै साना लगानीका स्वराेजगारमुलक संचारमाध्यामकाे समस्यालाई हाल व्यवहारिक रूपमा सहजिकरण गर्ने पछि ऐनमाफर्त संबाेधन हुने दावी गरे । पत्रकार गिरीकाे पक्राउकाे घटनाबाट अाफुलाई दुख लागेकाे बताउदै उनले प्रेस काउन्सिललाई सचेत गराउने बताए ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने र मुद्दा लगाउने क्रम बढेपछि नेपाल पत्रकार महासंघले देशैभर आन्दोलनको घोषणा गरेको थियो ।
यसैबीच महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले अब बन्ने कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन दबाब अभियान जारी राख्ने निर्णय गरेको छ । बैठकले महासंघले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता र सहभागिता जनाउने सञ्चारमाध्यम, पत्रकार र संघसंस्थालाई धन्यवाद व्यक्त गरेको छ ।
यो पनि:
नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
कास्की महासंघको अगुवाइमा पत्रकार पक्राउ विरुद्ध धर्ना
नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने, कारण यस्तो छ !
देशभरका पत्रकार जागे ,सरकारबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार