नबिल स्टक डिलरको औपचारिक समुद्घाटन, पुँजी बजार सम्बन्धी सम्पूर्ण सेवा दिँदै
नेपालबहस संवाददाता
मंसिर ३०, २०८० शनिबार २०:१३:३२
३० मंसिर, काठमाडौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । शुक्रबार काठमाडौंमा आयोजित समुद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य,नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल लगायतको उपस्थितिमा डिलरको औपचारिक उद्घाटन गरिएको हो ।
पुँजीबजार सम्बन्धी नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र व्यापारीको रूपमा नबिल स्टक डिलरले आफ्नो गतिविधि सञ्चालनले पुँजीबजारको गुणात्मक विकासमा सहयोग पुग्ने अपेक्षा राखेको बताए । हमालले पुँजीबजारको विकासमा यो पहल एक उदाहरणीय डिलरको रूपमा साबित हुने विश्वास व्यक्त गरे । बैंकहरुको सहायक कम्पनीहरूलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पुँजीबजार विकासमा नयाँ आयाम थपेको उनले बताए ।
नबिल बैंकले नेपालको पुँजीबजारमा नयाँ आयाम थप्ने उद्देश्यका साथ आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा नबिल स्टक डिलर कम्पनी खडा गरेको पौड्यालले बताए । अन्य देशमा प्रचलनमा रहेका राम्रा अभ्यासहरूलाई नेपालमा ल्याउने तथा संस्थागत सुशासन कायम गर्नेे उनले धारणा राखे ।
कार्यक्रममा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत आचार्यले पुँजीबजारको विकासमा नबिल डिलरको उल्लेखनीय भूमिका निभाउन सक्ने विश्वास व्यक्त गरे। नबिल स्टक डिलरका अध्यक्ष निरज गिरिले नबिल स्टक डिलरले नेपालको पुँजीबजारमा पृथक पहिचान कायम गर्ने बताए । नबिल स्टक डिलर एक विश्वासिलो एवं दरिलो धितोपत्र व्यवसायीको रूपमा स्थापित हुने अध्यक्ष गिरिको भनाई छ ।
यसअघि नबिल सेक्यूरिटिजको नामबाट कारोबार सञ्चालन गरेको कम्पनीले हालनाम परिवर्तन गरी नबिल स्टक डिलरको रूपमा कार्य गरेको हो । कम्पनीले गत भदौ २० गतेदेखि आफ्नो कारोबार सञ्चालन गरे ता पनि औपचारिक उद्घाटन आज गरिएको हो । नबिल सेक्यूरिटिज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो । कम्पनीको अध्यक्ष गिरि धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक थिए भने प्रमुख कार्यकारी अधिकृतमा सुरेश देवकोटा रहेका छन् ।
चुक्ता पुँजी एक अर्ब ५२ करोड रहेको संस्थाले हाल स्टक डिलर, पूर्णकालीन धितोपत्र दलाल सेवा, प्रत्याभूति सेवा, लगानी परामर्श सेवा लगायतका सेवाहरू प्रदान गरिरहेको छ । निकट भविष्यमा छिट्टै नै मार्जिन कर्जा सेवा, लगानी व्यवस्थापन सेवा लगायतका सेवाहरू सञ्चालन गर्ने तयारीमा नबिल स्टक डिलर रहेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जबाट धितोपत्र दलाल सेवा (धितोपत्र ब्रोकर नम्बर ७७) को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआइसी एशिया बैंकले सार्वजनिक गर्यो आफ्ना ग्राहकहरूलाई कर्जा छुटसम्बन्धी योजना
जेठ १६, २०८१ बुधबार
एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा
जेठ १५, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ
जेठ १६, २०८१ बुधबार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दावी
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दवावका लागि अमेरिकन राजदूतावासतिर लागे युवा
जेठ १६, २०८१ बुधबार