यौन तथा प्रजनन् स्वास्थ्यमा पैरवी गर्दे सिडिएस पार्क
नेपालबहस संवाददाता
पुस १, २०८० आइतबार १६:१०:५७
♦ खड्क सुनार
१ पुस, मुगु । मुगुमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बाट दुर रहेका सम्बन्धमा जोड्न कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्क मुगुले पैरवी गर्दे आइरहेको छ । सबै युवा महिलाहरूको लागि उच्च गुणस्तरको गर्भनिरोधक र सुरक्षित गर्भपतन सेवाहरू सहित यौन र प्रजनन् स्वास्थ्य सेवाहरू र अधिकारहमा नागरिकहरु लाई पहुँचका लागि कार्यालयले पैरवी गर्दे आइरहेको हो ।
आइतबार गरिएको जिल्लाका स्थानीय सरोकारवालाहरु सँगको लबि मिटिङमा यस्तो बताइएको छ । यौन तथा प्रजनन् अधिकार सम्बन्धमा विशेष गरेर लक्षित वर्गहरूलाई समावेश र प्राथमिकतामा राखेर काम गर्नु पर्ने सुझाव दिए । लक्षित वगहरुमा अपांगता , बालवालिका लगायत लाई पहिलो बिन्दुमा राखरे काम गरिनु पर्ने सबै सरकारी तथा गैरसरकारी कार्यालयहरु बाट निर्माण हुने भवनहरुमा पनि अपांगमैत्री, बालमैत्री हुनुपर्ने सुझाव दिएका छन् ।
अध्ययन प्रतिवेदनले नौ बुँदामा नेपालमा यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँचमा रहेका बाधाहरूको सम्बन्धमा के गर्नुपर्ने भन्ने कुराहरूको सिफारिस गरेका छन् । पहुँचको सुनिश्चितता विशेषत पहुँच विहिन भएका समुदाय लक्षित होस भन्ने उद्देश्य हुनु पर्ने महिला अधिकारर्मी सुर्यदेवि मल्लले बताइन् ।
यस्तै सरकार र दाता दुवैलाई पर्याप्त स्रोतहरू विनियोजन गर्न, पहुँचयोग्य, उच्च–गुणस्तर, कलंक–मुक्त गर्भ निरोधक र सुरक्षित गर्भपतन सेवाहरू प्रदान गर्न सुझाएका छन् । यसले मानिसलाई सम्मानका साथ बाँच्नका लागि सक्षम बनाउन सहयोग गर्ने छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए ।
जनसंख्याका आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, गर्भनिरोधक र सुरक्षित गर्भपतन सेवाहरूमा विश्वसनीय, अलग–अलग तथ्याङ्क संकलन गर्न, अनुकूल योजना र कार्यक्रमहरूलाई आकार दिने कुरामा वकालत गरिनु पर्ने राय दिएका छन् । सम्बन्धित सरोकारवालाहरू लाई नीति निर्माण, डिजाइन, योजना र कार्यान्वयनमा उनीहरूको अर्थपूर्ण संलग्नता बढाउँदै युवा र किशोर किशोरी नेटवर्कहरूलाई पर्याप्त सहयोग प्रदान गर्न आवश्यक रहेको बताएका छन् ।
यौन र प्रजनन स्वास्थ्य र अधिकारका सेवाहरूको पहुँच भएको अवरोधहरू न्यूनीकरण गर्न विभिन्न उमेर, लिङ्ग, जातीय, जात, धर्म, अपाङ्गता भएका व्यक्तिहरू पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र मुगुका हरिलाल नेपालीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा घट्यो बजेट, भौतिक पूर्वाधारमा साढे १० अर्ब
असार २, २०८१ आइतबार
कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड
असार १, २०८१ शनिबार
दश वर्षमा पनि बनेन भेरी नदीमाथिको पुल
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो, भक्तजनलाई सहज
असार १, २०८१ शनिबार
कर्णालीमा घट्यो बजेट, भौतिक पूर्वाधारमा साढे १० अर्ब
असार २, २०८१ आइतबार
स्कटल्याण्डमाथि अस्ट्रेलिया ५ विकेटले विजयी, इङल्याण्ड पुग्यो सुपर ८ मा
असार २, २०८१ आइतबार
अब टी–२० क्रिकेट नखेल्ने न्युजील्यान्डका फास्ट बलर ट्रेन्ट बोल्टको घोषणा
असार २, २०८१ आइतबार
विश्वकपमा नामिबियामाथि इङल्याण्ड ४१ रनले विजयी
असार २, २०८१ आइतबार
तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै
असार २, २०८१ आइतबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार