बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’को टिजर
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार १६:२१:१
२ पुस, काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । आज विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको छ । फिल्मको पोष्टर र गीतले दर्शकको राम्रो साथ पाइसकेको छ ।
सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्धन्द्ध देख्न सकिन्छ । टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान देखाइएको छ ।
फिल्ममा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ ।
फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको संगीत छ । महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन छ, भने सम्राट बस्नेतको द्धन्द्ध निर्देशन छ ।
सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्ममा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ । यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ ।
फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । यस्तै, अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार