आगामी वर्ष जेठमा हिमाली लेखक सम्मेलन हुने
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार १७:६:३
३ पुस, काठमाडौं । ‘न्युयोर्क राइटर्स वर्कसप’ले आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । विसं २०८१ जेठ ९–२० गते काठमाडौं, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप र उपमहाद्वीपका लेखक सहभागी हुने छन् ।
कवि, अनुवादक तथा लेखक युयुत्सु आरडी शर्माको लेखन सहजीकरणमा हुने ‘हिमालयन राइटर्स रिट्रिट’ मा प्रख्यात अमेरिकी कवि तथा सम्पादक टोनी बार्नस्टोन, एसियाली–अमेरिकी कवि तथा संस्मरण लेखक रविशङ्कर, न्युयोर्क विश्वविद्यालयका प्राध्यापक तथा लेखक टिम टोम्लिन्सनलगायतको सहभागिता रहने जनाइएको छ ।
सम्मेलन नेपालका क्रान्तिकारी राजनीतिज्ञ तथा प्रथम गद्यकवि गोपालप्रसाद रिमालमा समर्पित भई अन्तरराष्ट्रिय साहित्यिक महोत्सवका रूपमा चलेर नेपाल र दक्षिण एसियाली लेखनमा केन्द्रित हुने नेपाल संस्करणको संयोजक ह्वाइट लोटस बुक सप, कुपन्डोल, ललितपुरका प्रतिनिधि सिर्जना भण्डारीले जानकारी दिए ।
सो अवसरमा रिमालका कविताहरूको सङ्ग्रहको अङ्ग्रेजी अनुवाद पनि प्रकाशन हुने बताइएको छ । “न्युयोर्क राइटर्स वर्कसप २०२४ संसारभरको साहित्यिक जगत्का लागि बरदान हुने छ”, हिमाली महोत्सव संस्करणका अध्यक्ष शर्माले भने, “यस प्रकारको कार्यक्रम दक्षिण एसियामै पहिलो हुने छ । यसले बहुसांस्कृतिक साहित्यिक संकथनमा नयाँ आयाम ल्याउने र विश्वभरका सिर्जनात्मक लेखकहरूबिचको सम्बन्धलाई बढावा दिई सिर्जनशीलताको बाढी ल्याउने छ ।”
राइटर्स वर्कसप अन्तरराष्ट्रिय लेखन कार्यक्रम हो जुन यसअघि ग्रीसको एथेन्स, इटालीको सर्दिनिया, न्युयोर्क सहर क्षेत्रमा आयोजना भइसकेका छन् र प्रतिष्ठित लेखकहरूले प्रशिक्षण दिने गर्छन् । वर्कसपका निर्देशक तथा न्युयोर्क विश्वविद्यालयका प्रा टोम्लिन्सनले नेपाल सम्मेलन सहभागीहरूका लागि नौलो अनुभवयुक्त र निकै वैभवशाली हुने प्रतिक्रिया दिए ।
अमेरिकी कवि तथा ह्विटियर कलेज, क्यालिफोर्नियाका अङ्ग्रेजी, वातावरण र संस्कृति अध्ययनका प्रा बार्नस्टोन यसलाई स्वप्नमय परियोजनाका रूपमा लिँदै नेपालमा हुने अद्भुत अन्तरराष्ट्रिय सम्मेलनको आफूले प्रतीक्षा गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार
सहकारी प्रकरण : छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
जेठ ८, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार