९ अर्बका गाडी आए, १ खर्ब ११ अर्बको तेल
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार २०:१५:०
८ मंसिर, काठमाडौं । चालु वर्षको साउनदेखि मंसिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । सोही अविधमा ६३ अर्ब २० करोड ७४ लाख वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा आयात र निर्यात दुवै घटेको हो । गत आर्थिक वर्ष साउन–मंसिरसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरिएको थियो भने सोही अवधिमा ६७ अर्ब ३० करोड ४५ लाखको वस्तु निर्यात गरिएको थियो ।
विभागका अनुसार सबैभन्दा बढी ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँको डिजेल आयात गरिएको छ । पेट्रोल र ग्यास क्रमशः २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ र २० अर्ब ६५ करोड ५८ लाख रुपैयाँ बराबरको आयात गरिएको हो । मुलुकबाट सबैभन्दा बढी गलैंचा र अलैंची निर्यात भएको छ । विभागका अनुसार साउनदेखि मंसिरसम्म ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको गलैंचा र ३ अर्ब ९ करोड रुपैंयाँ बराबरको अलैंची निर्यात भएको छ ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात साउनदेखि मंसिरसम्ममा पेट्रोलियम पदार्थको आयातमा १ खर्ब ११ अर्ब ७७ करोड ९९ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वषको पहिलो पाँच महिनाको अवधिमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन) आयातमा उक्त रकम बाहिरिएको हो । जसवापत सरकारलाई ४१ अर्ब ४२ करोड ६० लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएकोे छ ।
भन्सार विभागका अनुसार पाँच महिनामा ५३ अर्ब ९० करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको ४ लाख ८९ हजार ९३६ किलो लिटर डिजेल आयात भएको छ । डिजेल आयातमा सरकारलाई २० अर्ब १९ करोड ३० लाख ९९ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीको शिर्ष स्थानमा डिजेल पर्ने गरेको छ ।
यस्तै, चालु आवको पाँच महिनामा २८ अर्ब ५५ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको २ लाख ८१ हजार ९७० किलो लिटर पेट्रोल आयात भएको छ । जसवापत सरकारलाई १६ अर्ब २० करोड ३२ लाख ७९ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । यसैगरी, हवाई इन्धनमा ८ अर्ब ६६ करोड २१ लाख ७५ हजार रुपैयाँ बाहिरिएको छ । गत पाँच महिनाको अवधिमा ७८ हजार ११२ किलो लिटर हवाई इन्धन आएको छ । जसवापत सरकारलाई १ अर्ब १७ करोड ६४ लाख १५ हजार राजस्व आएको छ ।
यता, एलपी ग्यासमा २० अर्ब ६५ करोड ५८ लाख ३० हजार रुपैयाँ बाहिरीएको विभागको तथ्यांकले देखाएको छ । पाँच महिनामा २१ करोड ४२ लाख ९१ हजार ६ किलो एलपी ग्यास आयात भएको हो । जसवापत सरकारलाई ३ अर्ब ८५ करोड ३२ लाख ३६ हजार रुपैयाँ राजश्व सरकालाई बुझाइएको छ । विभागका अनुसार चालु आवको पाँच महिनामा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ भने ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।
यस्तै पाँच महिनामा ९ अर्ब बराबरको ३६०० भन्दा बढी विद्युतीय गाडी आयात, मंसिरमा ९०० युनिटका गाडी आयात भएको छ । ५ महिनामा ९ अर्ब बराबरको ३ हजार ६ सय ८६ युनिट विद्युतीय गाडी आयात भएका हुन् । विद्युतीय गाडीको आयात बढेसँगै यसबाट सरकारले पाउने राजस्व पनि बढेको छ । ४ अर्ब २८ करोड रुपैयाँ भन्सार शुल्क संकलन भएको छ । चीनबाट धेरै बीवाइडी, नेटा भी र केवाइसी भ्यान आयात भएका छन् ।
यसमा चीनबाट मात्र २ हजार २ सय ९७ युनिट इभी आयात भएका छन् । भारतबाट १ हजार ३ सय ३८ युनिट इभी आयात भएको विभागले जनाएको छ । भारतबाट सबैभन्दा धेरै टाटा र सिट्रोन इभी आयात भएका छन् । यसैगरी कोरियाबाट २८ युनिट, जर्मनीबाट ३, अमेरिकाबाट ३ र इन्डोनेसियाबाट १७ युनिट इभी आयात भएका छन् । यसमा पनि सबैभन्दा धेरै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताको मोटर पावर भएका गाडी धेरै आयात भएका छन् । यसमा २ हजार २८ युनिट आयात भएका छन् ।
यस्तै ५० किलोवाटसम्म क्षमताका मोटर पावर भएका १ हजार ५ सय ९५ युनिट गाडी आयात भएका छन् । अन्य १०० किलोवाट क्षमताभन्दा माथिका जम्मा ६३ युनिट मात्र आयात भएका छन् । सरकारले करका दरमा केही हेरफेर गरे पनि ठूलो मोटर पावर भएका इभीहरु अपेक्षाअनुसार धेरै आयात हुन सकेका छैनन् ।
इन्धन इन्जिन सवारी साधन ५ महिनामा ३ हजार ७ सय ९७ युनिट आयात भएका छन्। यसमा ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ। यसबाट सरकारले ८ अर्ब ६२ करोड २९ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ। यसैगरि थ्री ह्वीलर्स इभी रिक्सा पाँच महिनाको अवधिमा ५७ करोड ९३ लाख बराबरको ५ हजार ६ सय १७ युनिट आयात भएका छन्। यसबाट सरकारले १९ करोड ९४ लाख भन्सार शुल्क संकलन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार