त्रिभुवन विमानस्थलको सीसी टीभीमा २१ दिनको मात्रै रेकर्ड
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १६:२३:१९
८ पुस, काठमाडौं । त्रिभुवन विमानस्थमा राखिएको सीसी टिभी काम नलाग्ने अवस्थामा रहेको पाइएको छ । आइतबार घले समूहको सुन तस्करी प्रकरणको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो बताइएको हो । प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको बताएको छ ।
समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसी टीभी रेकर्ड माग गरेको थियो । तर, ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको समितिका संयोजक पौडेलले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा दूबईबाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।
उनको बयानका आधारमा गोरखाका मीनबहादुर घलेपनि पक्राउ परेका थिए । लगत्तै यसको छानबिनका लागि भन्सारका प्रमुख प्रशासक टोकराज पाण्डेले पौडेल नेतृत्वको समिति गठन गरेका थिए । समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सिँढीको सीसी टीभी फुजेट पनि मागेको थियो । तर, त्यहाँको सीसी क्यामरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी समितिलाई दिइएको छ ।
जबकि, सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका लेकबहादुर तामाङले भीआईपी कक्ष हुँदै माथिल्लो तलाको शौचालयमा गएर राधाकृष्ण श्रेष्ठलाई ‘सामान’ बुझाउने गरेको बयान दिएका छन् । त्यहाँको सीसी टीभीले किन काम गरेको थिएन भन्ने छानबिनकै विषय भएको अधिकारीहरु बताउँछन् ।
प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार, १४ किलो सुन दूबईबाट अंकित अग्रवाल नामक व्यक्तिले मिनबहादुरलाई पठाएका थिए । यसरी मिनबहादुर घले, चन्द्र घले र कृष्णकुमरा श्रेष्ठले पटकपटक दूबईबाट सुन लिएर आउने गरेको देखिएको उनी बताउँछन् । त्यसपछि विमानस्थलको सीआईपी कक्षमा रहेको शौचालयभित्र सुन ल्याएर बाहिर ल्याउने गरेको पाइएको छ ।
भन्सारका अनुसार, विमानस्थलबाट सुन बाहिर निकाल्न विमानस्थलमा कार्यरत् नागरिक उड्ययान कार्यालयका एसपी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाश पाएर करारमा कार्यरत् रमेश देउला, एसी शाखामा कार्यरत् सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत संलग्न थिए ।
भरियाले ल्याएको सुन बाहिर निकालेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिबी गुरुङको घरमा पु¥याउने गरेको देखिने अधिकृतहरु बताउँछन् । त्यसपछि मिनबहादुर र उनका साथी जीवन गुरुङ उक्त सुनलाई अंकित अग्रवालले भनेको स्थानमा लगिदिने गरेको अनुुसन्धानका क्रममा खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदूरसञ्चार प्राधिकरणले अन्य बक्यौतासहित २० अर्ब नतिरेसम्म एनसेलको लाइसेन्स नवीकरण नगर्ने
जेठ १८, २०८१ शुक्रबार
कैलालीमा दश महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता
जेठ १६, २०८१ बुधबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार