तीन घण्टापछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
नेपालबहस संवाददाता
पुस ९, २०८० सोमबार १४:३९:३१
९ पुस, सिन्धुली । तीन घण्टापछि बीपी राज मार्ग खुलेको छ । बस र मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्युपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर अवरोध भएको बीपी राजमार्ग प्रहरीले खुलाएको हो ।
प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा सोमबार बिहान बस र मोटरसाइकल एकआपसमा ठक्किँदा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा–२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।
बस चालक रुपेश अधिकारीलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरलिे जनाएको छ । प्रमाण सहित पेस भएमा बसमा आगजनी गर्नेलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउने तयारी प्रहरीले गरेको छ । बसमा आगजनी गरेपछि करिब तीन घण्टा बीपी राजमार्ग अवरुद्ध थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार