इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, सहभागी हुन के गर्ने ?
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार १६:५०:६
१० पुस, काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले ‘ई-सेवा स्कलरसिप इनिसिएटिभ’ ल्याएको छ। कम्पनीका अनुसार यो ‘शिक्षामा छात्रवृत्ति : एक लाख पुरस्कार’ क्याम्पेन हो।
यस क्याम्पेनका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रूपैयाँ छात्रवृत्ति पाउनेछन्। शैक्षिक शुल्क भुक्तानीका लागि ई-सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने छन्।
डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो क्याम्पेन विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ।
सहज, सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको ई-सेवाले जनाएको छ।
ई-सेवाको यो छात्रवृत्ति योजना खालि एउटा वित्तीय योगदान मात्र नभई यसले युवा मष्तिष्कमा हौसला भर्ने कम्पनीको दाबी छ।
ई-सेवाबाट कसरी सजिलै तिर्ने शैक्षिक शुल्क ?
यसरी गर्नुहोस् फर्मबेस्ड पेमेन्ट
– सबैभन्दा पहिला प्ले स्टोररएप स्टोरबाट ई-सेवा एप डाउनलोड गर्नुहोस्
– त्यसपछि एपरवेबका माध्यमबाट आफ्नो ई-सेवा खाता लगइन गर्नुहोस्
–अब एजुकेसन ट्याबमा जानुहोस्
– आफ्नो संस्थाको नाम खोज्नुहोस्
– आवश्यक विवरण भर्नुहोस्
–प्रसिड बटन क्लिक गर्नुहोस्
जेनरिक टोकन पेमेन्टका लागि
– प्ले स्टोररएप स्टोरबाट ई(सेवा एप डाउनलोड गर्नुहोस्
– एपरवेबका माध्यमबाट आफ्नो ई- सेवा खाता लग इन गर्नुहोस्
–एजुकेसन ट्याबमा जानुहोस् र आफ्नो संस्थाको नाम खोज्नुहोस्
–आफ्नो स्टुडेन्ट आईडी टाइप गर्नुहोस्
–त्यसपछि प्रसिड बटन क्लिक गर्नुहोस्
यस्ता छन् ई-सेवा स्कलरसिप इनिसिएटिभका सर्त
– यो छात्रवृत्ति त्यस्ता प्रयोगकर्ता र एजेन्टहरुका लागि मात्र हुनेछ, जो केवाईसी प्रमाणीकृत 'भेरिफाइड' छन्।
– यो अफर मंसिर १९ देखि माघ २९ अर्थात् डिसेम्बर ५ देखि फेब्रुअरी १२ सम्म मात्र लागू हुनेछ।
–फर्मबेस्डका माध्यमबाट ई-सेवा प्रयोग गरी आफ्नो शैक्षिक शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो छात्रवृत्तिका लागि योग्य हुनेछन्।
– छात्रवृत्ति रकमको भाग्यशाली विजेता मात्र एक जना हुनेछन्।
– क्यूआर कोडबाट भुक्तानी गर्ने ग्राहकलाई यो योजनामा सहभागी गरिने छैन।
–छात्रवृत्ति रकम क्याम्पेन सकिएको १ हप्ताभित्र मेन ब्यालेन्सका रुपमा विजेताको ई-सेवा आईडीमा पठाइनेछ।
– यो अफरमा सहभागितासँगै सम्बन्धित व्यक्तिले प्रवर्द्धन कार्यक्रम, विज्ञापन, बजारीकरण र प्रशासनिक कुराका लागि ई-सेवालाई मञ्जुरी तथा अनुमति दिएको ठहरिनेछ।
– जितिएको पुरस्कार रकम ट्रान्सफर गर्न सकिने छैन।
– यो अफर नेपालको प्रचलित कानुनअन्तर्गत रहेको एउटा सानो प्रवर्द्धन कार्यक्रम हो र कुनै चिठा, बाजी वा जुवा खेलेजस्तो होइन।
– क्याम्पेन सकिएपछि विजेताको घोषणा गरिनेछ ।
–कारणवश शंकास्पद गतिविधि देखिएमा र आफ्नो नियन्त्रणबाहिर गएको अवस्थामा कार्यक्रमको पुनर्विचार गर्ने वा रद्द गर्ने अधिकार ई-सेवामा निहीत रहने छन्।
–फेसबुक लाइभका माध्यमबाट छात्रवृत्ति विजेताको छनोट गरिनेछ।
–विद्यालयको खाता नम्बरमा क्यूआर कोड र सिधै बैंक ट्रान्सफरबाट हुने कारोबार यो योजनाका लागि योग्य हुने छैन।
– विजेता घोषणाको १ हप्ताभित्र विजेताको ई-सेवा वालेटमा छात्रवृत्ति रकम डिपोजिट गरिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार