सुदूरपश्चिममा पुनः कोरोना संक्रमण, भेरियन्ट पत्ता लगाइँदै
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार १४:५७:३३
११ पुस, काठमाडौं । पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको संक्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमूना जाँच गर्दा आठजनामा कोरोनाको संक्रमण फेला परेको जानकारी दिए ।
“संक्रमित चारको नमूना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौं पठाइएको र चार संक्रमितको नमूना आज पठाउने तयारी भइरहेको छ”, उनले भने, “संक्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमूनाको थप परीक्षण गर्न जरुरी भएको हो ।”
सीमा नाकामा संक्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्धित पालिकासँग पनि समन्वय गर्ने गरिएको साउदले बताए । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सचेत गराइएको पनि साउदले बताए ।
स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा भने पछिल्ला तीन दिनमा प्रदेशमा तीनजना कोरोना संक्रमित फेला परेको उल्लेख गरिएको छ । पछिल्लो २४ घन्टामा गौरीफन्टा र गड्डाचौकी सीमा नाकाबाट भित्रिने नागरिकमध्ये शङ्कास्पद ७६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा र पुस ८ गते दुईजनामा सङ्क्रमण फेला परेको निर्देशनालायको तथ्याङ्कमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली नदीको टापुमा फसेका २७-२८ जना मजदुरको उद्धारका लागि पहल जारी
बैशाख २७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेका प्राकृतिक ताल ओझेलमा
बैशाख २४, २०८१ सोमबार
हेल्थ डेस्कका स्वास्थ्यकर्मी १० महिनादेखि तलब नपाउँदा निराश
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
भोलीबाट सुरुहुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
आगलागीमा जलेको नगद
बैशाख २७, २०८१ बिहिबार
कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुँदै
बैशाख २७, २०८१ बिहिबार
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
बैशाख २७, २०८१ बिहिबार
अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप
बैशाख २७, २०८१ बिहिबार
नयाँ सरकार गठन प्रक्रिया रोक्न माग गर्दै मुख्यमन्त्री कार्की आज सर्वोच्च जाने
बैशाख २७, २०८१ बिहिबार