इच्छाकामनाका किसानलाई सुन्तला बिक्रीको चिन्तै छैन
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार १७:५२:३०
१५ पुस, भरतपुर चितवन । पृथ्वी राजमार्गको मुग्लिनदेखि फिस्लिङसम्म यतिबेला प्रशस्तै सुन्तला बिक्रीका लागि राखिन्छ । यो राजमार्ग भएर यात्रा गर्नेहरुले यहाँको सुन्तला किन्ने र मिठो मानेर खाने गर्दछन् । बिक्रीका लागि राखिएका सुन्तला चितवनको इच्छाकामना गाउँपालिकामा उत्पादन हुन्छ । यसबाहेक यहाँ गोरखा र तनहुँका विभिन्न क्षेत्रबाट सुन्तला ल्याएर बिक्री गरिन्छ ।
इच्छाकामनामा उत्पादन भएका सुन्तला रसिलो हुने भएका कारण ग्राहकको रोजाइमापर्ने हुँदा किसानलाई सुन्तला बिक्रीको चिन्तै छैन । उनीहरूको बोटबाटै सुन्तला बिक्री हुँदै आएको छ । वडा नं ३ को माथिल्लो डुँडेका किसान कुसुम गुरुङ आफ्नो बगैँचामा सानो दाना भए पनि सुन्तला निकै रसिलो र गुलियो रहेको बताउछन् । उनी भन्छन्, “सुन्तलामा कुनैपनि औषधि प्रयोग नगरिएको र प्राङ्गारिक मल मात्रै प्रयोग गर्ने गरेका छौँ ।” गतवर्ष झण्डै रु तीन लाख बराबरको सुन्तला बिक्री गर्नुभएका गुरुङको बगैँचामा सुन्तलाको उत्पादन राम्रो छ । बोटबाटै किन्नका लागि व्यापारी आइरहेकाले राम्रो मूल्य पाएपछि बिक्री गर्ने तयारीमा रहेको उनको भनाइ थियो ।
तल्लो डुँडेका किसान वीरबहादुर गुरुङ रातो माटो भएको ठाउँका सुन्तलाको स्वाद मिठो हुने गरेको बताउँछन् । उनले रसिलो सुन्तला भएकै कारण किन्न आउने व्यापारीको लर्को लाग्ने गरेको बताउँछन् । “यहाँ उत्पादन भएको सुन्तला बिक्रीका लागि कुनै चिन्ता छैन,उनी भन्छन्, “बोटबाटै सुन्तला ठेक्कामा दिन्छौँ ।” गत वर्ष रु पाँच लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएका गुरुङको बारीमा चार सय पचास सुन्तलाका बोट छन् ।
बजारमा पाइने रसिलो र मिठो सुन्तला इच्छाकामनाको भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ बताउछन् । “सुन्तला खाने मान्छेलाई थाहा छैन, राजमार्गमा विभिन्न ठाउँको भनेर बिक्री गर्ने गरिएको छ, उनी भन्छन्, “गाउँपालिकाले यहाँको सुन्तलाको प्रबर्द्धन र बजारीकरण गर्न थालेको छ । यहाँ बजारको समस्या नभएका कारण पनि सुन्तला खेतीतर्फ किसानको आकर्षण बढेको हो । पहिला झाडीमा परिणत भएका जमिनमा किसानले सुन्तलाखेती गरेका छन् । अहिले भिरपाखामा सुन्तला लगाउन थालिएको छ ।”
गाउँपालिकाकी उपप्रमुख माया सिलवाल इच्छाकामनामा उत्पादन भएको सुन्तला सानो खालको चिल्लो दाना भएको बताउछन् । यहाँ उत्पादन भएको सुन्तलाको रङ्ग पनि राम्रो भएको र अधिकांश सुन्तला यहाँकै बिक्री हुन्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल यहाँको सुन्तलालाई देशव्यापी रुपमा चिनाउने गरी प्रबर्द्धन गर्न थालिएकाले गाउँपालिकाले नर्सरी स्थापना गर्ने तयारी गरेको उल्लेख गर्छन् । “सुन्तला बिक्री भएन भने गाउँपालिकाले सहजीकरण गरे बिक्री गरिदिन्छ, अधिकृत भुसाल भन्छन्, फिस्लिङ तरकारी केन्द्रमा कोल्डस्टोर समेत सञ्चालनमा आइसकेको छ ।”
गाउँपालिकाको झण्डै ८० हजार हेक्टर जमिनमा सुन्तलाखेती गरिएको छ । त्यसमध्ये ६० हेक्टर जमिनमा सुन्ताला उत्पादन भएको छ । अहिले किसानको बारीबाट रु ७५ देखि ९० सम्ममा सुन्तला बिक्री हुने गरेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख आशिष त्रिपाठी मंसिरको पहिलो सातादेखि यस क्षेत्रको सुन्तला बजारमा पठाउन थालिएको बताउँछन् ।
गाउँपालिका–३ को तोकदाङ, ढाप, माझगाउँ, सिरनागाउँ, तल्लाडुँडे, र माथिल्लो डुँडे, वडा नं ५ को तामिन, साठिमुरे, ठङरङ, पामडाँडा र वडा नं २ को तल्लो काउलेमा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको सुन्तला मुग्लिन, केबुलकार, कुरिनटार, र फिस्लिङमा बिक्रीका लागि राख्ने गरिएको छ । फिस्लिङको तरकारी तथा फलफूल बिक्री केन्द्रबाट होलसेलमा नारायणगढ, काठमाडाैं, पोखरालगायत सहरमा सुन्तला पठाउने गरिएको छ ।
सुन्तलाको प्रबर्द्धन गर्न महोत्सव
गाउँपालिकाले सुन्तला प्रबर्द्धनका लागि महोत्सव आयोजना गर्दैछ । यही पुस १६ गतेदेखि १८ गतेसम्म महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन्। महोत्सवमा तीन दिनसम्म सुन्तलासँग सम्बन्धित गतिविधि हुने उनको भनाइ छ । फिस्लिङको शक्तिखोर सडकमा पर्ने माझगाउँमा महोत्सव आयोजना गरिँदैछ । सुन्तला खान आउँदा यहाँका पर्यटकीयस्थलको समेत अवलोकन गर्न पाइनेछ । अध्यक्ष गुरुङ भन्छन्, “यहाँबाट सबैभन्दा लामो हिमशृङ्खला देख्न सकिन्छ । महोत्सवमा यहाँका रैथाने बालीका परिकार खुवाइन्छ ।”
महोत्सव अवधिभर कृषि विज्ञलाई किसानका खेतबारीमा लैजानाका साथै माटो परीक्षण र रोगव्यादी निराकरणको उपाय खोजिने र महोत्सवमा पाहुनालाई आकर्षण गर्न बोटमै टिपेर सुन्तला खुवाउन पाइने, सुन्तला कसले धेरै खाने प्रतियोगिताका साथै बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिनेजस्ता क्रियाकलाप गरिने उनी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान
जेठ ७, २०८१ सोमबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार