मन्त्रीको गाडीमा आगजनी भएकाले प्रहरी बल प्रयोग गर्नुपर्ने अवस्थामा पुगेको होः महानिरीक्षक
नेपालबहस संवाददाता
पुस १६, २०८० सोमबार ११:४३:४२
१६ पुस, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले मन्त्रीको गाडीमा आगजनी भएपछि प्रहरीले बाध्य भएर बल प्रयोग गर्नु परेको बताएका छन् । बालकुमारीमा प्रहरीले बल प्रयोग नगरेको अवस्थामा थप गम्भीर घटना निम्तन सक्ने उनको भनाइ छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदै उनले घटनास्थलको अवस्थाको बारेमा मन्त्रीको पीएसओले समेत समन्वय नगरेको बताए । उनले जवाफ दिए अनुसार घटना भएको दिन ११ः५४ मा नेपाली सेनाको पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको बताए । उनले भने,‘ युवाहरू अराजक रूपमा प्रदर्शनमा थिए । मन्त्रीको गाडीको टायर खोले । १२ः२० मा मन्त्रीको गाडी आगो लगाइदिए । कति बेर गोली चल्यो भन्ने कुरा छानबिनबाट आउँला ।’
बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक कुँवरले बताए । गत पुस १३ गते बालकुमारीमा भएको घटनाबारे जानकारी दिँदै उनले प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको बताए । मन्त्रीको सवारीबारे कुँवरले थपे, ’मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो ।’
प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखिएको कुँवरले बताए । मन्त्रीलाई गाडीबाट बाहिर निकालेपछि गाडी जलाउन लागेको भन्ने कुरा आएको र त्यतिबेला घटना भएको उनले बताए । युवाहरूको नेतृत्व कसैले नगरेको र अराजक रूपमा जसले जे पायो त्यै गर्ने अवस्थामा रहेको उनले बताए ।
गोली कतिबेला चल्यो भन्ने र कतिबेला कति जना घाइते भए भन्ने यकिन हुन नसकेको पनि कुँवरले बताए । उक्र प्रदर्शनमा २ जनाको ज्यान गएको थियो । मृतक दुई युवामध्ये १२ः४० मा सुजन राउत घाइते भएको र १२ः४२ मा वीरेन्द्र शाहलाई पाटन अस्पताल पु¥याएको उनले जानकारी दिए । ईपीएस कार्यालयमा घटना हुनसक्छ भनेर २१५ नेपाल प्रहरी र ७५ जना सशस्त्र प्रहरी खटिएको उनले बताए ।
महानिरीक्षक कुँवरले प्रहरीसँग साधनस्रोतको कमी रहेको र त्यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिए । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले उक्त घटनामा पहिला अदालतको आदेश के थियो ? ईपीएस कार्यालयको कदम के थिए भन्ने कुरा पनि हेर्नुपर्ने बताए । त्यस्तो अवस्थामा मन्त्रीको सवारी हुँदा समस्या आएको हो कि भन्ने उनको भनाइ थियो । सुरक्षाकर्मीबारे पनि त्यसपछि मात्रै भन्नुपर्ने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार