ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १७:५५:४५
१७ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंक पौष १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो ।
यस कार्यक्रम अन्तर्गत, कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगंज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
देशभर आयोजित कार्यक्रममा ९२७ रक्तदाताहरुबाट ४३९ लिटर रगत दान गरिएको छ । यसैगरि निःशुल्क रुपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परिक्षण एव परामर्श पनि प्रदान गरिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तर दायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार