मन्त्री फेर्ने विषयमा दाहाल र देउवाबीच कुरा मिलेन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १७:२७:३५
१८ पुस, काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा सत्ता साँझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच असहमति देखएको छ । प्रधानमन्त्रीले फेर्न चाहेका मन्त्री देउवाले फेर्न नचाहेको र देउवाले फेर्न चाहेका मन्त्री फेर्न प्रधानमन्त्रीले नमानेपछि उनीहरुबीच कुरा नमिलेको बताइएको छ ।
नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री महतसहित केहि मन्त्री फेर्ने तयारुीमा देखिएका थिए । तर, देउवाले अर्थमन्त्री फेर्ने भए गृहमन्त्री पनि फेर्नुपर्छ भनेपछि प्रधानमन्त्री प्रचण्ड तत्काल मन्त्रिपरिषद फेरबदलबाट पछि हटेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार एक वर्ष पुगेको अवसरमा मन्त्रिपरिषद् हेरफेर गर्ने सोच बनाएका िथए । तर, गठबन्धनको प्रमुख दल कांग्रेसका कारण तत्कालका लागि उनले चाहेका मन्त्री फेर्न नसक्ने भएका छन् ।
सरकारका केही मन्त्रीका कामप्रति असन्तुष्ट प्रधानमन्त्रीले एक वर्षको समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेर गर्ने बताएका थिए । कांग्रेस तत्काल मन्त्री फेर्न अनिच्छुक भएपछि हाललाई त्यसमा ब्रेक लागेको एक नेताले बताए । अब मन्त्रिपरिषद् हेरफेर माघ दोस्रो सातापछि मात्र हुनसक्छ । पार्टीले दुई वर्षका लागि मन्त्री पठाएको भन्दै सभापति देउवाले तत्काल मन्त्री फेर्न नहुने अडान लिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले गठबन्धन बैठकमा मन्त्रिपरिषद् हेरफेरबारे जानकारी दिएपछि देउवाले उक्त धारणा राखेका थिए । आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको प्रसंग स्मरण गराउँदै देउवाले आगामी एक वर्ष हालका आफ्ना मन्त्री कायमै रहनुपर्ने धारणा राखेका छन् । प्रचण्डले आफ्नो पार्टीका मन्त्री मात्र फेर्दा गलत सन्देश जाने भएकाले हाल स्थगित गरेको एक नेताले बताए । गठबन्धनमा रहेका ६ दलको सहमतिबिना प्रधानमन्त्रीलाई मन्त्री फेर्न कठिन देखिएको छ ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको निर्वाचनपछि मन्त्री फेर्ने मनस्थिति बनाएका ति नेताले बताए । राष्ट्रियसभाको निर्वाचनपछि मन्त्रिपरिषद् हेरफेर हुन्छ, उनले भने । देउवाले मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीको भएको भन्दै आलोचनाबाट जोगिन चाहेको पनि उनको भनाइ छ । अर्थमन्त्री प्रकाशशरण महतप्रति देउवाको मोह देखिन्छ । जबकि प्रधानमन्त्री अर्थमन्त्रीकै कार्यसम्पादनप्रति बढी असन्तुष्ट देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाधिवेशनमा साझा दस्तावेज लैजाने निर्णय
असार ८, २०८१ शनिबार
राजनीतिमा अपराधिकरण बढ्दै गयो : नेता शेखर कोइराला
असार ८, २०८१ शनिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
टी- २० विश्वकप : बंगलादेश ५० रनले पराजित, भारत सेमिफाइनल नजिक
असार ९, २०८१ आइतबार
पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध, सयौं यात्री अलपत्र
असार ९, २०८१ आइतबार
जाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु, ६ जना घाइते
असार ९, २०८१ आइतबार
पोर्चुगल युरोकपको नकआउट चरणमा
असार ९, २०८१ आइतबार
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असार ९, २०८१ आइतबार