बैंकले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
इन्द्र रिजाल
बैशाख ६, २०७६ शुक्रबार २१:२३:२४
विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्ने बताएका छन् ।
नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा शुक्रबार यहाँ आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उनले उत्पादनशिल र पूँजी निर्माण हुने क्षेत्रमा बैंकले लगानी गर्नुपर्ने बताए ।
‘‘बैंकले आफ्नो कारोबार बढाउनुपर्छ र यसैबाट पूँजीको चलायमान हुन्छ’’, मन्त्री खतिवडाले भने ‘‘व्यवसायी र बैंक दुबै सँगै अगाडि बढ्नसके सफलता प्राप्त गर्न सकिन्छ ।’’ उनले समयको प्रतिस्पर्धामा नेपाल बैंक लिमिटेडलाई लैजानुपर्ने सुझाव दिए ।
बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले रोजगार तथा आयमूलक व्यवासाय सञ्चालन गर्नेलाई बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ऋणी सुधा पासवान र विनोद अधिकारीले बैंकको लगानीबाट हाम्रो व्यवसाय दिनप्रतिदिन मौलाउँदै गएकोमा खुशी व्यक्त गरे। कार्यक्रममा महिला उद्यमशीलता, कृषि तथा पशुपक्षी व्यवसाय गर्ने नौ जनालाई रु १० लाखदेखि रु १५ लाखसम्मको कर्जा वितरण गरिएकाे थियाे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार