रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १३:२२:४८
२३ पुस, रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । पालिकामा हालसम्म एक सय सात भूमिहनलाई निस्सा वितरण गरिएको हो ।
गाउँपालिको कार्यालयमा २३ भूमिहिन दलित, दुई सकुम्बासी र ८२ अव्यवस्थित लाभग्राहीलाई जग्गा प्राप्तिका लागि निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य शुशिल विष्टले जानकारी दिए । “निस्सा जग्गा प्राप्तिको पहिलो आधार हो । जग्गा उपलब्ध गराउन प्रक्रियाको थालनी भएको छ”, उनले भने । भूमिहिनले जग्गा प्राप्तिका लागि निवेदन दिएपछि निस्सा वितरण थालिएको हो । अब चाँडै जग्गा नापजाँच गरिने सबै प्रक्रिया पुगेकालाई पुर्जा वितरण गरिने विज्ञ सदस्य विष्टले जानकारी दिए ।
भूमिहीनले जग्गा पाउने निश्चित भएपछि उनीहरूलाई जग्गा उपलब्ध गराइने छ । भुमिहिन दलित तथा सुकुम्बासीलाई आवासका लागि तीन सय वर्गमिटर र कृषिका लागि एक हजार वर्गमिटिर जग्गा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष मिनबहादुर ओलीले जानकारी दिए ।
छनोटमा परेका लाभग्राहीलाई उनीहरूले भोगचलन गर्दै आएको जग्गा उपयुक्त भएमा सोही ठाउँको जग्गा दिने तथा त्यहाँ उपयुक्त नभएमा भूमि आयोग तथा स्थानीय सरकारको निर्णयअनुसार उपयुक्त ठाउँ खोजेर जग्गा प्रदान गरिने उनको भनाइ छ । जिल्लामा एक हजार आठ सयभन्दा बढी जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । निस्सा वितरण कार्य जिल्लाका छवटै स्थानीय तहमा सञ्चालन गरिने आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार