राष्ट्रिय सभा निर्वाचनको मतदान प्रक्रियामा भाग नलिने माओवादीबाट निर्वाचित हुम्लाका जनप्रतिनिधिहरुको निर्णय
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १३:२६:५८
२३ पुस, काठमाडौं । आसन्न राष्ट्रिय सभाको टिकट वितरणमा पार्टी केन्द्रका नेताहरूले आफूखुशी गरेको भन्दै सत्तारुढ दल माओवादी केन्द्र हुम्लाका सबै जनप्रतिनिधिहरूले मतदान नगर्ने लिखित निर्णय गरेका छन् । सात वटा गाउँपालिका रहेको हुम्लाबाट स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभामा निर्वाचित जनप्रतिनिधिले माघ ११ हुने निर्वाचनमा भाग नलिने निर्णय गरेका हुन् ।
सत्ता गठबन्धनबीच राष्ट्रिय सभाको सीट बाँडफाँट भइसकेको अवस्थामा हुम्लाको लिखित निर्णयले गठबन्धनमा ठूलो संकट उत्पन्न भएको छ । संघीय र कर्णाली प्रदेशमा माओवादी नेतृत्वको गठबन्धन सरकार छन् । राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारका लागि माओवादी केन्द्रले हुम्लाबाट जिल्ला समन्वय कमिटीका संयोजक डा. दीपेन्द्र रोकायालाई सर्वसम्मत एकल सिफारिस गरेको थियो ।
शनिबार काठमाडौंमा बसेको जनप्रतिनिधिहरूको सामूहिक बैठकले रोकायाको नाम हटाएपछि माओवादी पार्टीभित्र र गठबन्धनभित्र ठूलो हलचल भएको छ । ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले कुनै पनि हालतमा राष्ट्रिय सभा निर्वाचनको मतदान प्रक्रियामा भाग नलिने बताए । अध्यक्ष जैशीले भने, ‘माओवादी केन्द्रले हुम्लाको भूमिकालाई बाइपास गर्ने निन्दनीय कार्य गरेको छ । पार्टीले यस बापत ठूलै मूल्य चुकाउनु पर्नेछ ।’
उनी माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका उपसचिव समेत हुन् । पार्टी केन्द्रीय सदस्य एवं सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले पार्टीको सांगठनिक तथा आम निर्वाचनमा ठूलो भूमिका खेलेको हुम्लालाई नेताहरूले पूर्वाग्रही दृष्टिले हेरेको आरोप लगाए । ‘अहिलेको पार्टीको जिम्मेवारी र सत्ताको पद खोसियोस् तर अहिलकै स्थितिमा पार्टीको निर्णय कुनै मान्नेवाला छैन,’ अध्यक्ष भण्डारीले भने, ‘पार्टीले पुनर्विचार नगरे माओवादी केन्द्र हुम्ला न पार्टीका प्रदेश र केन्द्रीय गतिविधिमा सामेल हुन्छ न आसन्न राष्ट्रिय निर्वाचनमा नै ।’
उनले निर्वाचनको सम्मुखमा आयोजना गरिएको पुष २५ र २६ गतेको कर्णाली प्रदेश कमिटी बैठकमा समेत सहभागिता नजनाउने बताए । पार्टी केन्द्रीय कमिटीका उपमहासचिवद्वय जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले कालीकोटमा मात्रै केन्द्रित भएको उनले आरोप लगाए । माओवादी हुम्लाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई प्रचण्डलाई निर्णय बुझाइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार