नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १८:२५:३६
२३ पुस, काठमाडौं । “एक्सेल एण्ड इलिभेट” २०८०/८१” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित विभिन्न वर्तमान पाटो बारे विवेचनागरी आगामी बर्षको लागि तय भएको व्यवसायिक लक्ष्य र रणनीतिसंग प्रशिक्षित गराउने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
विभागीय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरू गरी २०० जना भन्दा बढिको सहभागिता भएको उक्त तालिम कार्यक्रमको समुद्घाटन गदै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरूको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरूको पनि हुने भएकोले सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने बताए । साथै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सहभागी कर्मचारीहरूलाई चर्चित मोटिभेसनल स्पीकर मानसी अग्रवालले मोटिभेसनल तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै सबै कर्मचारीहरू कमपनीको ब्राण्ड एम्वेसडर रहेको र कम्पनीको प्रबर्द्धनमा सबै जिम्मेवार हुनुपर्ने तर्फ सचेत रहन आग्रह गरे । अवसरमा कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरूको पहिचान गरी सहजिकरण गर्ने उद्देश्यले विभागीय प्रमुखहरु र प्रशासनिक कर्मचारीहरूबीच अन्तक्रिर्या कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सुदुरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धीकरण गर्न सकिने तर्फ सचेत रहन आग्रह गदै राष्ट्रिय हितका लागि आतंकवादि वित्तिय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको वताए । विभिन्न वित्तिय कृयाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले वित्तिय कृयाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने सम्बन्धमा प्रशिक्षण प्रदान गरे ।
कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा संचालन गरिएको थियो सो परिक्षा बाट प्रथम द्धित्तिय र तृत्तिय हुन सफल क्रमशः सुरक्षा सिंह, चुडामणी गौतम र खगेन्द्र श्रेष्ठ लाई प्रमुख कार्यकारी अधिकृत ज्यूले नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
देशै भरीबाट उत्कृष्ट कार्य सम्पादन गर्ने ५ जना प्रशासनिक कर्मचारीहरु महेन्द्रनगर शाखाका ओम प्रकाश पाण्डे, तुल्सीपुर शाखाकी मिना चौधरी, कलंकी शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रिय कार्यालयका नवराज थापा मगरलाई पनि प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ
जेठ १५, २०८१ मंगलबार
प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार
मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
जेठ १७, २०८१ बिहिबार
बलिउड फिल्म धड्कको सिक्वेलको घोषणा, सिद्धान्तको अपोजिट तृप्ती
जेठ १७, २०८१ बिहिबार
‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’
जेठ १७, २०८१ बिहिबार
नगर प्रमुखको आक्रोस : बजेट नदिएको झोंकमा मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
जेठ १७, २०८१ बिहिबार
विश्वकप वार्म-अप खेल : आज अमेरिकासँग खेल्दै नेपाल
जेठ १७, २०८१ बिहिबार