विद्युत बक्यौता उठाउने प्राधिकरणको नीति ठिक छ, यसमा परिवर्तन आवश्यक छैनः मन्त्री बस्नेत
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १३:७:१८
२४ पुस, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन विद्युत् प्राधिकरणले लिएको नीति ठिक भएको बताएका छन् । उनले अहिले प्राधिकरणले गरिरहेको काम ठिक भएकाले सरकारले सहयोग गरिरहेको बताएका छन् ।
मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्राधिकरणको बक्यौता उठाउने लाइन ठिक भएको उनको भनाइ थियो । बैठकमा उनले भने, उनलविद्युत् प्राधिकरणले अहिले जुन बाटो लिएको छ । त्यो एकदमै ठिक छ । अर्को बाटो नैै थिएन ।
उनले विद्युत् नियमन आयोगको निर्णयले केही दुविधा देखाएको बताए । आयोगको निर्णय असान्र्दभिक देखिएको थियो । तर, अहिले गरेका निर्णय ठीक छन्,उनले भने । उद्योगीहरूले प्राधिकरणको निर्णयअनुसार नै बक्यौता तिर्नुपर्ने मन्त्री बस्नेताको भनाइ छ ।
उनले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता नेपालको आवश्यकतामा भएको बताए । नेपालमा आगामी १२ वर्षमा कम्तीमा २९ हजार मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण मन्त्रालयको रहेको मन्त्री बस्नेतले बताए ।
मन्त्री बस्नेतले नेपालमा विद्युत उत्पादन बढ्दै गएको तर आन्तरिक खपत सोही तवरमा नबढ्ने भएकाले भारतसँग सम्झौता गरेर नेपालमा उत्पादित विद्युत् बेच्ने सम्झौता भएको जानकारी दिएका हुन् । पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा मन्त्री बस्नेतले भने, ’भारतसँग ऊर्जा सम्झौता आजको नेपालको आवश्यकता थियो । यसले मुलुकको समृद्धिमा टेवा पुर्याउँछ ।’
मन्त्री बस्नेतले नेपालमा पछिल्लो समय उत्पादन भइरहेको विद्युत् परियोजनाको क्षमता हेर्दा अबको १२ वर्षमा २९ हजार मेगावाटसम्म उत्पादन हुने मन्त्रालयको प्रक्षेपण रहेको भनाइ राखेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको गत मे ३१ देखि जुन ३ सम्म भएको भ्रमणका क्रममा दुवै मुलुकका सचिवहरूबीच १० हजार मेगावाट विद्युत व्यापार गर्ने दीर्घकालीन सम्झौतामा हस्ताक्षर भएको सोही आधारमा जनवरी ४, २०२४ मा भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौतामा पूर्ण हस्ताक्षर भएको मन्त्री बस्नेतले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउन अर्को सूचना जारी गरको छ । ६० महिनाको किस्ताबन्दी समय दिदै प्राधिकरणले यो सुविधा लिनका लागि ३० दिनभित्र आवेदन दिन भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
जेठ ५, २०८१ शनिबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
बागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षा कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार