विद्यालय नजिक सुर्तीजन्य पदार्थ निषेध अभियान
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १५:०:३७
२५ पुस, झापा । विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल क्लबले उक्त अभियान सुरु गरेको हो ।
विद्यालय वरपरका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको र त्यसबाट बालबालिकामा असर परेको क्लबका अध्यक्ष निकेश करुवाले बताए ।
उक्त क्लबले ¥याली आयोजना गर्दै पसलमा गएर सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न अपिल गरेको छ । पसलमा त्यस्ता पदार्थ बिक्री वितरण बन्द गरिएको छ वा छैन भनेर अनुगमनसमेत गरिरहेको उनको भनाइ थियो ।
विद्यालय नजिक दर्जनौँ सङ्ख्यामा पसल रहेका र तीमध्ये कतिपय पसलमा मदिरासमेत बिक्री भइरहेको गुनासो आएको क्लबका सदस्यहरुले बताए । “विद्यालयमा अध्ययनरत स–साना विद्यार्थीले पनि भोला, गुड्खा, पराग, मुस्कान, मेघाश्री, राजनिवासजस्ता सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएकाले विद्यालय हातादेखि एक सय मिटर दूरीभित्रका पसलमा यस्ता पदार्थ बिक्री नगर्न हार्दिक अनुरोध गर्दछौं,” क्लबले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ, “विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई पसलेलाई पनि सुर्ती तथा सुर्तीजन्य पदार्थ एवं मादक पदार्थ बिक्री वितरण नगरिदिन अपिल गर्दछौँ ।”
विद्यालय पोसाकमा विद्यालयबाहिर यस्ता क्रियाकलापमा विद्यार्थी संलग्न भएको देखिए तुरुन्त विद्यालयमा खबर गरिदिन समेत क्लबले अपिल गरेको छ । कानुनमै विद्यालयको एक सय मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने उल्लेख भएकाले त्यसको कडाइका साथ कार्यान्वयन गर्न अभिभावकबाट समेत दबाब आइरहेको विद्यालयका प्रधानाध्यापक शान्तिराम चम्लागाईंले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार