अनुयायी बेपत्ता पारेको अभियोगमा पक्राउ परेका बम्जनलाई सर्लाहीस्थित जिल्ला अदालत उपस्थित गराइयो
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १२:३८:८
२६ पुस, काठमाठौं । काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर चिनिएका ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाहीस्थित जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनलाई बुधबार राति सर्लाही पुर्याइएको थियो । जिल्ला अदालत सर्लाहीले नै उनलाई पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि आश्रममा रहेका चार युवती बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो । अदालत खुल्ने बित्तिकै उनलाई हाजिर गराइएको प्रहरीले जनाएको छ । अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौतहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् । सुरुमा उनले दबाबका कारण जाहेरी दिन सकेकी थिइनन् । केही महिनापछि यो प्रकरण चर्चामा आइरहेका बेला पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा २०७६ सालमा पक्राउ पूर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो ।
पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेकी थिइन् । त्यहीँ २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कारको प्रयास गरेको उनले बताएकी थिइन् । ‘यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ, गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्क्याउनुभयो’, उनले पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘त्यही डरका कारण मैले सुरुमा उजुरी पनि हाल्न सकिनँ ।’
प्रहरीले खोजी जारी राखेपछि लुकिछिपी हिँडेका बमजनलाई मंगलबार बेलुका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली मंगलबार उनी बस्ने घर हात्तीगौडा पुगेको थियो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मंगलबार घरमा प्रहरी पुग्दा उनको घरको मूल ढोका बन्द थियो । सधैँ पानी पुर्याउने मानिस घरभित्र पस्नासाथ प्रहरीको टोली समेत उनीसँगै भित्र पसे । सीसीटीभी मोनिटरिङ गर्ने रुममा त्यो बेला कोही थिएनन् । बम्जन रोटी खाँदै थिए ।
त्यही बेला उनलाई नियन्त्रणमा लिइएको थियो । सीआईबीले पक्राउ गरेर ल्याए लगत्तै उनीमाथि सोधपुथ र बयान लिने प्रयास गरेको थियो । तर, प्रहरी अधिकारीसँग बम्जनले आफू तवस्वी र गुरु भएकाले बाहिरी संसारबारे कुनै जानकारी नै नरहेको प्रतिकृया दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
चीनको साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार