युएसजी मेसिन खरिदमा स्वास्थ्यमन्त्रीको चलखेल, करोडौं घोटला हुने गरी ठेक्का दिने तयारी
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १७:५६:५९
२६ पुस, काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले खरिद गर्न लागेको २ सय थान युएसजी मेसिन खरिद प्रक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको स्वार्थ हावी हुँदा करोडौं रकम हिनामिना हुने गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । यसको ठेक्का कुन कम्पनीलाई दिने भन्ने पनि तय भइसकेको छ । विभागले खरिद गर्ने युएसजी मेसिनमा स्वाथ्यमन्त्रीको स्वार्थ देखिएपछि कर्मचारीहरूसमेत अन्योलमा परेका छन् ।
स्वास्थ्य मन्त्रालय कर्मचारी स्रोतका अनुसार बजारमा ७ लाखमा पाइने युएसजी मेसिनलाई १५ लाखमा किन्ने गरी ठेक्का लगाउने तयारी गरिएको छ । यो खरिद प्रकरणमा आर्थिक अनियमितता भइरहेको विषय बाहिरिएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक सर्वेस शर्मा विभागबाट सरुवा भएर वीर अस्पताल पुगेका छन् । यो ठेक्काको सबै विषय मिलाइसकेपछि उनी सरुवा भएका हुन् । एक ठेकेदार कम्पनीलाई लाभ हुने गरी ३० करोडको खरिद प्रक्रिया टुंग्याएपछि विभागका महानिर्देशक शर्मालाई मन्त्री बस्नेतले नै सरुवा गरेर वीर अस्पताल पुर्याएको स्रोतको भनाइ छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले ३० करोडको युएसजी (अल्ट्रासाउन्ड) को टेन्डर म्याक्स मेडिटेक प्रालिलाई दिने गरी प्रक्रिया अगाडि बढाएपछि उनको सरुवा भएको हो । उनको ठाउँमा अहिले वीर अस्पतालका डा.श्रवणकुमार थापालाई सरुवा गरिएको छ । ‘यो सबै काम स्वास्थ्य मन्त्रीको हो, उनलाई ठेक्काको तयारी गर्न लगाएर विवादमा आउँछन भन्ने भएपछि सहमतिमै सरुवा गरिएको हो’, स्रोतले भन्यो ।
खरिदमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिव रोशन पोख्रेल, स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा, विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक (आइतबारपछि हाल वीरमा सरुवा गरिएका) डा. सर्वेश शर्मा र महाशाखाको खरिद शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाको मिलेमतो रहेको स्रोतको दावी छ । खरिद प्रक्रिया अगाडि बढाइरहेका विभागका महानिर्देशक परिवर्तन गरिनुले पनि यसमा ठूलो आर्थिक चलखेल भइरहेको पुष्टि हुन्छ ।
म्याक्स मेडिटेकलाई दुई सय वटा पोर्टेबल युसएजीको टेन्डर पार्ने गरि खरिद प्रक्रिया अगाडि बढाएर व्यवस्थापन महाशाखाका निर्देशक डा. शर्माको गत आइतबार वीर अस्पतालमा सरुवा भएका हुन् । वीरमा सरुवा हुनु अगाडि नै उनले म्याक्सको ३० करोडको प्रस्ताव स्वीकृत हुने गरि निर्णय गराएका थिए । तर, पछि मन्त्री बस्नेत र उनका बीचमा कमिशनको कुरा नमिलेपछि शर्माले नै म विभागमा बस्दिनँ भएका थिए । उनीसँग कुरा नमलेपछि मन्त्री बस्नेतले शर्माको सरुवा गराएर सो ठाउँमा डा.श्रवणकुमार थापालाई लगिएको छ ।
व्यवस्थापन महाशाखाले प्राविधिक छनोटको चरणमा मेसिन उत्पादक कम्पनी जिईको नेपाली सप्लायर्स (एजेन्ट) म्याक्स मेडिटेक सिस्टम प्रालिलाई छनोट गर्दै सोमबार (८, जनवरी, २०२४)मा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरिसकेको थियो । विभागको व्यवस्थापन महाशाखाले २०८० असोज तीन गते बुधबार (२० सेप्टेम्बर २०२३) मा दुई सय वटा पोर्टेबल युएसजी मेसिन (अल्ट्रसाउण्ड मेसिन) ३० करोडमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो ।
बजारमा ७ लाखमा पाइने युएसजी मेसिनलाई १५ लाख तिर्न लागिएको हो । बजारमा एक दुई वटा मात्र खरिद गर्दा पनि १० लाख भन्दा बढी मूल्य नपर्ने स्रोतको भनाई छ । प्रति गोटा १० लाखमै खरिद गर्दा पनि २० करोडमा आउने युएसजी ३० करोडमा किन्ने गरी विभागले खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो । विभागले टेन्डर गरी लिन लागेको मेसिन उत्पादक कम्पनी जिइको एउटा युएसजी मेसिनको मूल्य सात लाखदेखि अधिकतम दश लाख पर्ने देखिन्छ ।
महाशाखाले भने एउटा युएसजीलाई करिब १५ लाखमा किन्न लागेको हो । यसरी हेर्दा महाशाखाले खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको एउटा युएसजी मेसिनबाट कम्तीमा पनि पाँच लाखदेखि सात लाखसम्मको कमिसन पाउने गरी खरिदमा गरिएको स्रोतको दावी छ । मेसिन उत्पादन कम्पनी जिइलाई टेन्डर पार्ने गरी म्याक्स मेडिटेक (म्याक्स मेडिटेक सिस्टम प्रा. लि.) सँग सेटिङ भएको थियो ।
म्याक्स विमल उप्रेती र यज्ञ भण्डारीले सञ्चालन गरेको कम्पनी हो । सो कम्पनीले खरिद गर्न लागेको युएसजी मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुयार्उन व्यवस्थापन महाशाखाबाट आइतबार हटाइएका निर्देशक डा. शर्माकै हात रहेको स्रोतको दावी छ । तर, उनी त्यहाँबाट अचानक सरुवा भएर गएका छन् । मेसिन खरिदमा मन्त्री बस्नेतले ताकेता गरिरहेका छन् । झण्डै दोब्बर मूल्यमा सामान खरिद गराउने गरी मन्त्री बस्नेतले विभागलाई काम अगाडि बढाउन निर्देशन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
मेरो चरित्र हत्या गर्नेलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउछु : पारस खड्का
बैशाख २७, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार
महाकाली नदीको टापुमा फसेका २७-२८ जना मजदुरको उद्धारका लागि पहल जारी
बैशाख २७, २०८१ बिहिबार
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
बैशाख २७, २०८१ बिहिबार
लखनउमाथि सनराइजर्सको १० विकेटको जित
बैशाख २७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २७, २०८१ बिहिबार