झापा जिल्लामा सहकारीको ७० अर्बभन्दा बढी लगानी
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १५:४०:२९
२६ पुस, झापा । झापामा सहकारीमार्फत ७० अर्बभन्दा बढी पुँजी लगानी भएकको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसंख्या सहकारी अभियानसित जोडिएको छ । सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ । यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताए । पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो ।
अध्यक्ष ढकालले भने, ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ । झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन् । “स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको संख्या घटबढ भइरहेको छ, संघका सचिव भवानीप्रसाद दंगालले भने ।
झापा जिल्ला सहकारी संघमा चार सय ९२ सहकारी संस्था आबद्ध छन् । यसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी एक सय ९३, दुग्ध र सुपारी ६÷६, चिया र उपभोक्ता चार–चार, विविध आठ र संघ चार आबद्ध रहेको सचिव दंगालले बताए । झापाका सहकारीमा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार