नेपालमा अहिले नै एसइई खारेज गर्न मिल्दैनः राष्ट्रिय परीक्षा बोर्ड
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १७:४०:६
२६ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साविकको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) लाई कायमै राख्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष आग्रह गरेको छ । विद्यालय शिक्षा विधेयक, २०८० माथि सुझाव दिने क्रममा आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले हाल सञ्चालन भइरहेको परीक्षालाई कायम राख्न र यसलाई प्रदेश सरकारबाट सञ्चालन गर्न सुझाव दिए ।
उनले हरेक दुई÷दुई वर्षमा बाह्य परीक्षा हुनुपर्ने भएकाले कक्षा ८ पछि एकैपटक कक्षा १२ को परीक्षा लिने गरी राखिएको विधेयकको प्रस्ताव उचित नभएको बताए । कक्षा १० मा बोर्ड परीक्षा नलिँदा कक्षा १२ मा अनुत्तीर्ण विद्यार्थीको दर झन बढ्नसक्ने र अनुत्तीर्ण हुँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नसक्ने आँैल्याउँदै शर्माले परीक्षाको स्तर र स्वीकार्यता नभएमा त्यसले अन्तर्राष्ट्रियस्तरमा मान्यता नपाउने भएकाले कानुन बनाउँदा त्यसमा ध्यान दिन आग्रह गरे ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोर्डका पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जनको प्रक्रिया जारी रहेको बताए । उनले स्थानीय तथा मातृभाषाका पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र शिक्षकको क्षमता विकास गर्नुपर्नेमा जोड दिए । महानिर्देशक अर्यालले पाठ्यक्रममा राष्ट्र, राष्ट्रियता र मूल्यमान्यताका विषयवस्तुलाई थप्नुपर्ने महसुस गरिएको उल्लेख गर्दै हरेक पाँच÷पाँच वर्षमा पाठ्यक्रम अनिवार्य परिवर्तन हुने गरेको बताए ।
बैठकमा सांसदहरुले पाठ्यक्रमले विद्यार्थीलाई देशभक्तिको भाव, सीप र सक्षमता तथा रोजगारी दिन सक्नुपर्नेमा जोड दिँदै युवा विदेश पलायनका कारण कतै पाठ्यक्रम र परीक्षाको कमजोरी त होइन भन्ने प्रश्नमा अनुसन्धान गर्न माग गरे । उनीहरुले सरुवा रोगको सचेतना, ट्राफिक नियम, सामाजिक, सांस्कृतिक र धार्मिक मूल्य, मान्यताका विषयलाई पाठ्यक्रममा समावेश गर्न पनि आग्रह गरे ।
समितिका सभापति भानुभक्त जोशीका अध्यक्षतामा भएको बैठकमा सदस्य डा चन्द्र भण्डारी, बद्री पाण्डे, डा तोषिमा कार्की, विद्या भट्टराई, सरिता भुसाल, डा. कालुराम राईलगायतले आमन्त्रित पदाधिकारीसँग जिज्ञाशा राख्दै विद्यालय शिक्षालाई गुणस्तरीय र सीपमूलक बनाउन पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधार हुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
सामुदायिक विद्यालयमा विद्यार्थी बढे, दुई ‘सिफ्ट’ मा सञ्चालन
बैशाख १८, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार