चितवन माध्यमिक विद्यालयमा ८० प्रतिशत विपन्न बालबालिका
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १४:०:२३
२७ पुस, चितवन । भरतपुरको मुख्य सहरी क्षेत्रको केन्द्रमा रहेको चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय बनेको छ । झट्ट हेर्दा निजी शिक्षालयजस्तो देखिने सरकारी विद्यालयमा ८० प्रतिशत विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीका अनुसार यहाँ पढ्न आउने धेरै विद्यार्थी विपन्न परिवारका छन् । जिल्लाको ग्रामीण भेग तथा अन्यत्रबाट यहाँ आएका कामदारदेखि कर्मचारीका छोराछोरी उक्त विद्यालयमा अध्ययन गर्दछन् । विभिन्न ठाउँबाट सर्दै हाल यो विद्यालय भरतपुर महानगरपालिका–१० मा रहेको छ ।
“विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ४० प्रतिशत रोजगारीको सिलसिलामा आएका परिवारका सदस्य रहेका छन्”, अध्यक्ष अधिकारीले भने । सात दशक पार गरेको उक्त विद्यालयले विभिन्न उतारचढावका बीच पछिल्ला वर्षमा लय समातेको छ । आर्थिक हिसाबले पनि विद्यालय सम्पन्न छ । सरकारी विद्यालय भएकाले निःशुल्क शिक्षा र शैक्षिक गुणस्तर वृद्धि गरेका कारण विद्यालयमा विपन्न परिवारका विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ ।
गत वर्षको एसइईमा ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल उक्त विद्यालय कक्षा १२ को परीक्षामा जिल्लाको सर्वोत्कृष्ट बन्न सफल भएको थियो । अध्यक्ष अधिकारीले भने, “अन्य सामुदायिक विद्यालयले अभिभावकबाट चन्दाका नाममा शुल्क लिएर पठनपाठन गराउने गरेका छन्, यस विद्यालयले निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ ।”
शिक्षा क्षेत्रमा अनुभव हासिल गरेका अधिकारीले विगत झण्डै तीन वर्षदेखि यस विद्यालयको नेतृत्व सम्हाल्दै आएका छन् । आफूहरु आएसँगै भौतिक पूर्वाधार निर्माण, आर्थिक पारदर्शीता, कक्षाकोठामा सिसी क्यामरा जडान गरेर अनुगमन, प्रविधिमैत्री शिक्षा जोड दिएसँगै विद्यार्थीको आकर्षण बढेको उनले बताए।
प्रध्यानाध्यापक चिरञ्जीवी शर्माका अनुसार शैक्षिक गुणस्तर कायम गर्दै अघि बढेको यस विद्यालयलमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीलाई विद्यालय पोसाकदेखि न्यानो कपडासमेत विद्यालयले उपलब्ध गराउँदै आएको छ । उनले भने, “कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थी र अन्य कक्षामा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडादेखि विद्यालय पोसाकसम्म हामीले दिन्छौँ ।”
विद्यालयमा हाल आधारभूततर्फ चार सय ५७ र माध्यमिक विद्यालयतर्फ दुई सय ८५ विद्यार्थी अध्ययनरत छन् । यस्तै सुस्तश्रवण एकाइमा २६ विद्यार्थी अध्ययनरत छन् । विद्यालयसँग पर्याप्त जग्गा भएका कारण त्यसैको भाडाले मनग्य आम्दानी गर्दैआएको छ । त्यही आम्दानीबाट विद्यालयले विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा निःशुल्क रुपमा उपलब्ध गराउन सकेको छ । उक्त विद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यमबाट पढाइ हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि महोत्तरीका विद्यालयमा पनि गर्मी बिदा
जेठ १७, २०८१ बिहिबार
अत्यधिक गर्मी बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द
जेठ १७, २०८१ बिहिबार
बजेटले आकारअनुसार शिक्षामा बढाएन लगानी, विद्यालय संरचनाका लागि २ अर्ब ८५ करोड
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार