इण्डियन प्रिमियर लिग : कोहलीको शतकमा बैंगलोरद्वारा कोलकत्ता पराजित
इन्द्र रिजाल
बैशाख ७, २०७६ शनिबार १३:६:३८
एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा दोस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो । कोलकत्तास्थित इडेन गार्डेन्समा बैंगलोरले दिएको २१४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका लागि नितिस रानाले अविजित रहदै ८५ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै आन्द्रे रुसेलले रनको अर्धशतकीय इनिङस खेले । सुनिल नारिने १८ रनमा आउट भए । बैंगलोरका डेल स्टेनले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २१३ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले १०० रनको शतकीय इनिङ्स खेले । कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै मोइन अलिले ६६ रनको अर्धशतकीय इनिङस खेले ।
कोलकत्ताका कुलदिप यादव, आन्द्रे रसेल,ह्यारी गुर्नी र सुनिल नारिनले १र१ विकेट लिए । यो जितसंगै बैंगलोर कोलकत्तासंग पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । बैंगलोरको मैदानमा भएको खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको थियो ।
जितसगै पुछारको बैंगलोरले ९ खेलबाट ४ अंक जोडेको छ । कोलकत्ताले ८ खेलमा ८ अंक जोडेको छ । कोलकत्ता लिगको छैटौं स्थानमा छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपक्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
दूतावासले भिषा दिए सन्दीप आजै अमेरिका उड्ने, ४ बजे अन्तरवार्ता
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार