गुलरिया हुलाकी सडक निर्माणमा शर्मा एण्ड कम्पनीको चरम लापरबाही, उक्काएर फालेको अलकत्राको फेरी प्रयोग
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १३:४३:४
•दीपक शर्मा
४ माघ, बर्दिया । बाँकेको नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गमा निर्माणमा निर्माण कम्पनीले चरम लापरवाही गर्दासमेत सम्बन्धित निकायले ध्यान नदिँदा बनेको सडकको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । निर्माणको जिम्मा पाएको शर्मा एण्ड कम्पनीले सडक बनाउने क्रममा सबै जसो कमसल र समय सकिएका सामग्रीको प्रयोग गर्दै आइरहेको छ ।
निर्माण कार्यमा कमसल सामानको प्रयोग भएका कारण साना साना पुल भत्किन थालेका छन् । हुलाकी राजमार्ग अन्तर्गत नेपालगञ्ज ,मैना पोखर , गुलरिया सडक विस्तार कार्य योजनाका लागी शर्मा एण्ड कम्पनीले २ .६२ किलोमिटर कालोपत्रे गर्ने जिम्मा लिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्ण पाण्डेले जानकारी दिए । तर, निर्माण कम्पनीले पुरानो बाटोको अलकत्रा तथा पुरानो पुलको अलकत्रा उप्काएर किनारमा राखी त्यसलाई नै प्रयोग गर्दै आइरहेको प्रति भने कार्यालयले ध्यान दिएको छैन ।
यस विषयमा स्थानीयले पटक पटक आवाज उठाउँदासमेत सम्बन्धित निकायले वेवास्ता गरेको स्थानीयबासीको भनाई रहेको छ । शर्मा एण्ड कम्पनीले पुल निर्माण कार्य तथा सडक निर्माण कार्य सगँसँगै अघि बढाएको छ । साथै पुल निर्माण कार्यमा समेत कमसल सामग्रीको प्रयोग गरेका कारण पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भए लगत्तै भत्किएको पाइएको छ ।
अहिले बेस र सब बेशको काम चलिरहेको छ । नाली बनाउँदा कच्चा अर्थात् पिला इँटा प्रयोग भएको जन गुनासो बढेपछि हुलाकी आयोजना कार्यालय अनुगमनमा पुगेपछि अव्वल इँटाको प्रयोग गरिएको थियो । अहिले पुरानो बाटोबाट निकालिएको कालो पत्रेलाई नै पुन प्रयोग गर्ने गरेको पाइएको हो । शितलाबजारमा निर्माण भएको नालाको पंखा निर्माणाधीन अवस्थामा छुट्टिएको तस्विर केही दिन पहिले सामाजिक संजालमा भाइरल भएको थियो । कम्पनीले सडकको फिलिङमा चरम लापरबाही गर्दा पनि अनुगमनका निकायले ध्यान दिएका छैनन् ।
पुरानो पक्की सडकको अलकत्रा उप्काएर फिलिङ गर्दा गुणस्तरमाथि प्रश्न चिन्ह खडा भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार बाँकेको नेपालगञ्ज देखि बर्दियाको गुलरिया सम्म जम्मा २७.६२ किलोमिटर लम्वाई बाटोमा ४ लेनको ११.६ किलो मिटर र बाकि १६.०२ किलोमिटर २ लेनको हुने बताए । जस अन्तर्गत बाँकेमा ११.६ किलोमिटर लम्वाई हुने छ त्यसमा ५.४ किलोमिटर ४ लेनको हुने छ भने ६.३६ किलोमिटर २ लेनको हुने छ यसै गरी बर्दिया तर्फ जम्मा १५.८६ किलोमिटर लम्वाईमा ६.२ किलोमिटर ४ लेनको हुने छ भने बाँकी ९.६६ किलोमिटर २ लेनको हुने बताइएको छ ।
कम्पनीले पुरानो बाटोकै सामान प्रयोग गरेको विभिन्न स्थानमा निर्माण गरिएका नाली भत्किएको कलभर्ट जोडमा त्रृटि देखिएको भएपनि उच्च राजनीतिक संरक्षणका कारण कुनै पनि दलले खुलेर विरोध गर्न सकिरहेका छैनन् । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार नागरिकले गुनासो गरेपछि आफूहरु अनुगमनमा गएको बताए । केही स्थानमा गलत भएको पाइएको बताउँदै सुधारका लागी मौका दिइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार
मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
जेठ १७, २०८१ बिहिबार
बलिउड फिल्म धड्कको सिक्वेलको घोषणा, सिद्धान्तको अपोजिट तृप्ती
जेठ १७, २०८१ बिहिबार
‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’
जेठ १७, २०८१ बिहिबार
नगर प्रमुखको आक्रोस : बजेट नदिएको झोंकमा मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
जेठ १७, २०८१ बिहिबार
विश्वकप वार्म-अप खेल : आज अमेरिकासँग खेल्दै नेपाल
जेठ १७, २०८१ बिहिबार