पथरी शनिश्चरेमा नगर खेलकुद महोत्सव हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १४:३४:४०
५ माघ, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई मध्यनजर गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ । भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८०’ मा सात विधामा प्रतिस्पर्धा हुने नगरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
पहिलो पटक ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ खेलकुदमा नयाँ आयमको सुरुआत गर्न लागिएको नगर कार्यालयले जनाएको छ । नगरभित्र रहेका खेलाडीको हौसला प्रदान गर्दै केही नयाँ कार्यक्रम गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको खेलकुद विकास समिति संयोजक दिपक राईले बताए ।
“सकेसम्म बढी खेल समावेश गर्ने कोशिस गरेका छौँ । पहिलो पटक भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको छ”, संयोजक राईले भने । महोत्सव नगरकै गौरव भएकाले यसलाई सफल बनाउन सम्पूर्ण नगरवासीलाई सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो । उहाँका अनुसार माघ ६ गते हुने शनिबार प्रस्तावित पथरी रङ्गशालामा उद्घाटन हुने कार्यक्रमको अन्तिम चरणमा पुगेको छ ।
उक्त प्रतियोगितामा फुटबल, तेक्वान्दो, कराते र मिनि म्याराथन (दौड) मा महिला र पुरुष दुवै विधामा खेल हुने समितिका सदस्य सचिव तथा नगर शिक्षा तथा खेलकुद शाखाका अधिकृत नवीन खुलालले जानकारी दिए । उनका अनुसार बुद्धिचाल ९चेस०, भलिबल र क्रिकेटमा पनि प्रतियोगिता हुनेछ । बुद्धिचाल खुला रहने छ भने भलिबल र क्रिकेट पुरुष विधामा मात्रै प्रतिस्पर्धा हुनेछ ।
रू १४ लाख ३१ हजारको बजेटमा हुन लागेको महोत्सवमा फुटबलका लागि १० समूह, क्रिकेटमा नौ, भलिबलमा सात समूहले सहभागिता जनाएका छन् । करातेमा पुरुष ३७ र महिला २०, तेक्वान्दोमा ५० र बुद्धिचालमा हालसम्म ८० जनाको नाम दर्ता भएको छ । त्यस्तै, मिनी म्याराथनका लागि ३० जनाले नाम दर्ता गराएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
फुटबल प्रतियोगितामा विजेता समूहले रू एक लाख, उपविजेताले रू ५० हजार, महिलातर्फका विजेताले रू १० हजार र उपविजेताले रू पाँच हजार नगदसहति ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । भलिबल खेलमा प्रथम हुनेले रू २५ हजार र दोस्रोले रू १५ हजार, क्रिकेटमा पहिलोले रू २० र दोस्रो रू १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । कराते र तेक्वान्दोमा प्रथम पुरस्कार रू पाँच हजारका दरले रहने छ भने मिनी म्याराथनमा प्रथम रू छ हजार, दोस्रो रू चार हजार र तेस्रो हुनेले रू दुई हजारका दरले नगद पुरस्कार पाउनेछन् ।
फुटबलमा प्रत्येक खेलमा म्यान अफ दी म्याच र विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सले पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनमा फुटबल, क्रिकेट र भलिबल प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगार पीडितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन
असार २, २०८१ आइतबार
इलाममा आदिवासी जनजाति महोत्सव
जेठ २७, २०८१ आइतबार
मध्यपुरथिमिमा शनिबारदेखि दोस्रो ‘वः’ महोत्सव हुने
जेठ २४, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार