आन्तरिक राजस्व भरतपुरले उठायो लक्ष्यको ६७ प्रतिशत राजस्व
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १५:१८:४१
५ माघ, काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व संकलन गरेको छ । राजस्व विभागले ६ महिनाका लागि १३ अर्ब ६ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू ८ अर्ब ७८ करोड ९३ लाख ७६ हजार संकलन भएको जनाएको छ ।
गत आवको यही अवधिमा ८ अर्ब ७८ करोड ५१ लाख ९३ हजार अर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन भएको थियो । सो वर्ष छ महिनाका लागि ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार छ महिनामा आयकरतर्फ १ अर्ब २० करोड ९२ लाख एक हजार, अन्तःशुल्कतर्फ ६ अर्ब ६५ करोड २६ लाख ५४ हजार राजस्व संकलन भएको छ ।
मूल्य अभिवृद्धि करतर्फ ८४ करोड ७ लाख नौ हजार, ब्याज कर ५ करोड ७८ लाख ९९ हजार, घरबाहल कर १ करोड ९५ लाख ८८ हजार र स्वास्थ्य सेवा कर ९३ लाख २५ हजार संकलन भएको भट्टराईले जानकारी दिए । उनका अनुसार अन्तःशुल्क संकलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको हो । अन्तःशुल्क राजस्व संकलनमा उत्पादन र निकासी कम हुँदा समस्या आएको उनको भनाइ छ ।
आर्थिकमन्दीका कारण क्रयशक्ति कम हुँदा समग्र राजस्व संकलनमा कमी देखिएको हो । भट्टराईले भने, अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा राजस्व संकलनमा कमी आएको अनुमान गरिएको छ । युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुले समेत राजस्व संकलनमा कमी भएको उनले बताए । कार्यालयमा ६३ हजारभन्दा बढी करदाता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
जेठ १६, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दावी
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दवावका लागि अमेरिकन राजदूतावासतिर लागे युवा
जेठ १६, २०८१ बुधबार
यार्सागुम्बा संकलनको पहिलो गन्तव्य नाम्के खर्कबाट सुरु, सुरक्षा व्यवस्थापन कडा
जेठ १६, २०८१ बुधबार