प्रधानमन्त्री फर्किदा आधा घण्टा बन्द भयो विमानस्थल
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार ९:४१:३६
७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्डको स्वदेश फिर्ताको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाको लागि बन्द गरिएको थियो ।
जसले गर्दा दोहाबाट काठमाडौं आएको हिमालयन एयरलाइन्सको जहाज दमामबाट काठमाडौं आएको हिमालय एयरलाइन्स र दिल्लीबाट काठमाडौं आएको जहाज समयमा नै अवतरण हुन सकेनन् । युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा भाग लिएर आइतबार बिहान स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री माघ ४ गते राति युगान्डा प्रस्थान गरेका थिए । सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । साथै उनले इजरायल—हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल आगमनका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकाई स्वदेश फर्कदै छन् । कतार एयरवेजको जहाजबाट बिहान ९ बजे प्रधानमन्त्री काठमाडौं आइपुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नो नागरिकता बारे दुष्प्रचार गर्नेविरुद्ध सिरोहियाले कानुनी उपचार खोज्ने
जेठ १७, २०८१ बिहिबार
एमालेले अडान छाडेपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित, प्रधानमन्त्री निर्णायक
जेठ १७, २०८१ बिहिबार
माधव नेपालको ओहोर-दोहोरले सत्ता समीकरणमा तरंग
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
नेप्सेको ओरालो यात्रा जारी, चार अर्ब २१ करोडभन्दा बढीको कारोबार
जेठ १७, २०८१ बिहिबार
एक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
जेठ १७, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
जेठ १७, २०८१ बिहिबार
सादा पोसाकका प्रहरी हो भन्दै लुटपाट गर्ने व्यक्ति पक्राउ
जेठ १७, २०८१ बिहिबार
सिनामङ्गल क्षेत्रमा कालोपत्र गरिँदै
जेठ १७, २०८१ बिहिबार
अत्यधिक गर्मीले बाँकेमा खोप अभियान प्रभावित
जेठ १७, २०८१ बिहिबार