गत वर्षको तुलनामा ग्लोबल आइएमई बैंकको मुनाफा घट्यो
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १२:७:३५
७ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब चार करोड २३ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब ७८ करोड रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद मुनाफा घट्न पुगेको हो । पुस मसान्तसम्म बैंकको निक्षेप संकलन र ऋण लगानी वृद्धि भएको छ । पुसको अन्त्यसम्ममा बैंकले चार खर्ब ५४ अर्ब २४ करोड रूपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ६४ अर्ब ७४ करोड रूपैयाँ कर्जा लगानी गरेको छ ।
पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ४४.५४ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३९.२२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५.०८ प्रतिशत घटेको छ ।
बैंकको निष्क्रिय कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ । बैंकको इम्पेरमेन्ट चार्ज एक अर्ब १२ करोडबाट बढेर चार अर्ब १३ करोड पुगेको छ । हाल बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रूपैयाँ चुक्ता पुँजी छ । बैंकको जगेडा कोषमा २२ अर्ब एक करोड ६२ लाख रूपैयाँ सञ्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार