भन्सार एजेन्ट दुगडलाई राजश्व छलीमा सघाएको आरोपमा डेढलाख नगदसहित कारवाही
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १५:५९:१८
७ माघ विराटनगर । विराटनगर भन्सार कार्यालयमा भन्सार क्लियरिङको रुपमा काम गर्दै आएका सञ्जय दुगडलाई राजश्व अनुसन्धान कार्यालय सुनसरीले जरिवानासहित कारबाही गरेको छ । भन्सार नियम विपरीत कार्यसञ्चालन गरेको र राजश्व छली गर्न सघाएको आरोपमा उनलाई राजश्व अनुसन्धान कार्यालयले कारबाही गरेको हो ।
विगतमा आफूलाई भन्सार प्रतिनिधि भन्दै विराटनगर भन्सारमा भन्सार क्लियरिङको काम गर्दै आएका दुगड पछिल्लो समय भन्सार विभागले भन्सार प्रतिनिधि खारेज गरिदिएको थियो । यसपछि भन्सार एजेन्ट प्रितीदेवी साहको "माँ जानकी प्रसाद क्लियरिङ सर्भिस"को लगिन नम्बर ७८७ बाट दुगडले भन्सार जाँचपासमा संलग्न हुँदै आएका थिए ।
उक्त लगिनबाट भन्सार जाँचपास गरेका दुगडले भन्सार राजश्व छली गरी एक ट्याक्टर हार्डवेयर सामानदेखि व्यक्तिगत प्रयोजनका लागि भन्दै व्यक्तिको नामबाट तीन वटासम्म एसीसमेत विराटनगर भित्र्याएको फेला पारेपछि प्रहरीले राजश्व अनुसन्धानमा बुझाएको थियो । उक्त सामान राजश्वले थप जाँच गर्दा राजश्व छली भएको पुष्टि भएपछि दुगडलाई १ लाख ६५ हजार जरिवाना गरेको छ ।
उक्त ट्याक्टरमा ललित सप्लायर्स इटहरी र विराट ट्रेडिङ कन्सर्नको नाममा प्रज्ञापनपत्र भेटिएपछि दुवै फर्मको कारोवारसमेत थप अनुसन्धान गर्ने निष्कर्षमा राजश्व पुगेको छ । तत्काल उपलब्ध सामान र प्रज्ञापनपत्रका आधारमा राजश्व छलीमा कार्वाही गर्दै सामान छोडिएता पनि अब चाँडै दुवै फर्मको कारोबार विवरण अनुसन्धान गरी थप कार्वाही गर्ने राजश्व अनुसन्धान कार्यालयले जनाएको छ ।
भन्सार जाँचपासमा संलग्न दुगडसँगै केही महिना अगाडि मात्रै भन्सार एजेन्ट परीक्षा पास गरि भन्सार विभागबाट भन्सार एजेन्ट लगिन नम्बर ७८७ बाट भन्सार सम्बन्धी काम गर्दै आएकी प्रितीदेवी साहको "माँ जानकी प्रसाद क्लियरिङ सर्भिस"लाई समेत राजश्वले निगरानीमा राखेको छ । यिनै दुगड धेरै पटक सामानसहित राजश्व पुगेको अगाडिको रेकर्ड छ । अबको उनको कामलाई नोटिसमा राखेर राजश्वले आफ्नो अनुसन्धान गर्ने जनाएको छ ।
अर्को तीर विराटनगर भन्सारबाट आयात तथा निर्यात हुने वस्तु जाँचपासका राजश्व अनुसन्धानले कार्वाही गरेपछि विराटनगर भन्सारले पनि आफ्नो अनुसन्धान अगाडि बढाएको छ । उसले भन्सारको राजश्व छली भएको प्रमाणित भएसँगै त्यस्ता भन्सार एजेन्टबाट भन्सार जाँचपास गर्दा सामानको परिमाण ,भन्सार मूल्याङन र आवश्यक पर्ने बिलमा कुनै किसिमको त्रुटी फेला परेको हो वा अन्य कुनै कारणबाट राजस्व ठगेको वा ठग्ने प्रयास गरेको हो भन्ने निर्क्योल गरेर मात्रै त्यस्ता क्लियरिङ एजेन्टलाई भन्सार एजेन्टको लगिन बन्द गरी लाइसेन्स खारेजका लागि भन्सार विभागलाई पत्राचार गर्ने जनाएको छ ।
(सच्चाइएकोः यस समाचारमा भन्सार एजेण्ट कृतिदेवी साहको लगिन नम्बर ७८७ हुनुपर्नेमा प्राविधिक त्रुटीबश अर्का भन्सार एजेण्ट पृथ्वीराज साहको लगिन नम्बर ७३७ पर्न गएकोमा क्षमा माग्दै समाचारले उहाँमा पर्न गएको असुविधाका लागि माफी चाहन्छौं । पाठक वर्गले पनि कारबाहीमा परेको लगिन नम्बर.... हो भनि बुझिदिनु होला । सम्पादक ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार