औषधीय गुणले भरिपूर्ण मेथीमा के पाइन्छ ?
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १७:४:३
७ माघ, काठमाडौं । मेथी हरेक नेपाली भान्सा पाइन्छ। मेथी औषधीय गुणले भरिपूर्ण छ । हामीले मेथीलाई अनेक किसिमले प्रयोग गर्न सक्छाैँ । मेथी एकदमै पुरानो औषधीय वनस्पती हो ।
भारतमा प्रसव पीडाको दुखाई कम गर्न र सुत्केरी अवस्थामा दूध बढाउन मेथीको प्रयोग गरिदै आएको छ । यति मात्र होइन् अहिले मेथीलाई तरकारी अचारमा, मालिसमा, सौन्दर्यमा, सुगन्धमा र औषधि विज्ञानमा उपयोग गरिन्छ ।
मेथीमा के हुन्छ ?
एक अध्ययनका अनुसार प्रोटीन, फाइबर, फ्याटी एसिडले युक्त भएकै कारण मेथीमा औषधिय गुण छ । यसका साथै मेथीमा पोटाशियम, क्याल्सियम, म्याग्नेसियम, जिंक, कपर, आइरन जस्ता खनिज तत्व पाइन्छ । बीटा क्यारोटिन र भिटामिन सि मेथीको मुख्य घटक मानिन्छ ।
मेथीको दानामा एन्टिमाइक्रोबियल, एन्टिइन्फ्लमेटरी, एन्टिभाइरल, एन्टिअक्सिडेन्ट गुणहरु हुन्छन् । यसले शरीरमा एन्जाइमेटिक गतिविधि व्यवस्थित गर्न सघाउँछ ।
ज्वरो, शरीरको दुखाई कम गर्छ । बोसो नियन्त्रण गर्छ र स्तनपान एवं यौन हर्मोन बढाउँछ । यसमा भएको औषधीय गुणले कोलेस्टोरोल, मधुमेह नियन्त्रण गर्नेदेखि कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।
कसरी खाने ?
मेथीको दानालाई विभिन्न तरिकाले खान सकिन्छ । तरकारी, अचारमा त यसको स्वाद थपिन्छ नै त्यसबाहेक अलग तरिकाले पनि मेथी खान सकिन्छ । मेथीलाई रातभर भिजाएर त्यसको पानी पिउनु लाभदायक मानिन्छ ।
मेथीको दाना केही दिन भिजाएर अंकुराएपछि सलादको रुपमा पनि खान सकिन्छ । साथै मेथीलाई भुटेर, पिसेर विभिन्न रुपमा सेवन गर्न सकिन्छ ।
मेथीमा भएको घुलनशील फाइबरले पाचनप्रक्रिया बलियो बनाउँछ । मेथीले पाचन रस बढाएर अपच, कब्जियत जस्ता समस्याबाट छुटकारा दिलाउँछ । ग्याष्ट्रिक, अल्सरमा पनि यसको प्रयोग लाभदायक हुन्छ ।
मेथीमा एमिनो एसिड र बिटा क्यारोटिन पाइन्छ, जसले रगतमा भएको खराब कोलेस्टोरल र ट्राइग्लिसराइड 'एक प्रकारको बोसो' काम गर्छ ।
रगतलाई पातलो बनाउँछ र रक्त संचार प्रणालीलाई सहज बनाउँछ । मेथीको दाना तेलमा फुराएर मसाज गर्दा मांसपेशी दुख्ने, सुन्निने समस्या निको हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीमा किन एक्कासी कम हुन्छ रक्तचाप, जान्नुहोस
जेठ १६, २०८१ बुधबार
यस्ता छन् अल्सरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार